हेटौंडा उपमहानगरपालिकामा फोहोर व्यवस्थापनको नाममा जनतामाथि लुट र स्वास्थ्य खेलवाड : विशाल राज महत

हेटौंडा,पुस ११ गते । हेटौंडा उपमहानगरपालिकाले फोहोर व्यवस्थापनको नाममा वर्षौंदेखि जनताको धैर्य, स्वास्थ्य र करमाथि खुलेआम खेलवाड गरिरहेको आरोप लागेको छ। सेवामुखीभन्दा नाफामुखी संस्थालाई संरक्षण गर्दै आएको पालिकाको भूमिकाप्रति गम्भीर प्रश्न उठाइएको छ।

सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा फोहोर व्यवस्थापन ठेक्का प्रक्रियामा व्यापक अनियमितता, राजस्व चुहावट र जनस्वास्थ्यप्रति बेवास्ता भइरहेको उल्लेख गरेको छ। उनका अनुसार फोहोर व्यवस्थापनको ठेक्का पाएको कम्पनीले पालिकालाई बुझाउने राजस्व अत्यन्त न्यून रहेको छ भने जनताबाट अस्वाभाविक रूपमा बढी शुल्क असुली भइरहेको छ, जुन स्पष्ट रूपमा संस्थागत लुटको संकेत हो।

डम्पिङ साइडमा हरेक वर्ष नियोजित रूपमा लगाइने आगोबाट निस्कने विषालु धुवाँले हेटौंडाबासीको स्वास्थ्यमा गम्भीर संकट पैदा गरिरहेको भए पनि अनुगमन, निर्देशन र छानबिन गर्नुपर्ने जिम्मेवार निकायहरू राजनीतिक संरक्षणका कारण मौन बसेको आरोप लगाइएको छ। न्याय खोज्ने नागरिक नै उल्टै दण्डित हुनुपरेको अवस्था रहेको महतको भनाइ छ।

१६ वर्षदेखि सेवा दिँदै आएको ग्रीन एण्ड क्लिन सिटी सर्भिस प्रा.लि.सँगको सम्झौता मिति २०८२ मंसिर मसान्तमै सकिनुपर्ने स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै पनि २०८२ चैतसम्म शुल्क असुली गर्न दिने निर्णय पूर्ण रूपमा गैरकानुनी र जनहित विपरीत रहेको उल्लेख गरिएको छ। यस्तो निर्णय राजनीतिक मिलोमतो र नाफामुखी स्वार्थबाहेक अरु केही नभएको दाबी गरिएको छ।

महत्तले जनतासँग अग्रिम उठाइएको रकम तत्काल फिर्ता गर्नुपर्ने र बल मिचाइ गर्ने कम्पनी माथि कडा कारबाही गर्न माग गरेको छ। यदि तुरुन्त सुधार र कारबाही नभए पालिकाको प्रत्यक्ष मिलोमतो रहेको ठहर गर्दै संघर्षलाई अझ सशक्त बनाइने चेतावनी समेत दिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडा उपमहानगरपालिकामा फोहोर व्यवस्थापनको नाममा जनतामाथि लुट र स्वास्थ्य खेलवाड : विशाल राज महत

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

हेटौंडा उपमहानगरपालिकामा फोहोर व्यवस्थापनको नाममा जनतामाथि लुट र स्वास्थ्य खेलवाड : विशाल राज महत

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

हेटौंडा उपमहानगरपालिकामा फोहोर व्यवस्थापनको नाममा जनतामाथि लुट र स्वास्थ्य खेलवाड : विशाल राज महत

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौंडा उपमहानगरपालिकामा फोहोर व्यवस्थापनको नाममा जनतामाथि लुट र स्वास्थ्य खेलवाड : विशाल राज महत

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौंडा उपमहानगरपालिकामा फोहोर व्यवस्थापनको नाममा जनतामाथि लुट र स्वास्थ्य खेलवाड : विशाल राज महत

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडा उपमहानगरपालिकामा फोहोर व्यवस्थापनको नाममा जनतामाथि लुट र स्वास्थ्य खेलवाड : विशाल राज महत

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.