हेटौडामा १३३ औँ माओ जयन्ती कार्यक्रम सम्पन्न, माओवादी नै अबको चुनावको विकल्प पार्टीः जिल्ला इन्चार्ज राम सी

हेटौंडा,पुस ११ गते । हेटौडामा १३३ औँ माओ जयन्ती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। माओ त्सेतुङको १३३ औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।

कार्यक्रमको सभाअध्यक्षता पेमा सीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज राम सीको रहेको थियो।

माओ जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उपस्थित राजनीतिक, सामाजिक तथा विभिन्न क्षेत्रका प्रतिनिधि व्यक्तिहरूले समस्त नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्दै आपसी शुभकामना आदानप्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला इन्चार्ज राम सीले वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्दै अबको निर्वाचनमा विकल्प पार्टीका रूपमा नेकपा (माओवादी केन्द्र) नै रहेको दाबी गरेका छन्। उनले माओवादले जनताको अधिकार, सामाजिक न्याय र परिवर्तनको एजेन्डालाई अझ सशक्त रूपमा अघि बढाउने विश्वास व्यक्त गरे।

सभाअध्यक्ष पेमा सीले कार्यक्रमको समापन गर्दै माओवादको विचारलाई व्यवहारमा उतार्दै जनताको पक्षमा दृढतापूर्वक उभिनुपर्ने आवश्यकता औँल्याएका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौडामा १३३ औँ माओ जयन्ती कार्यक्रम सम्पन्न, माओवादी नै अबको चुनावको विकल्प पार्टीः जिल्ला इन्चार्ज राम सी

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

हेटौडामा १३३ औँ माओ जयन्ती कार्यक्रम सम्पन्न, माओवादी नै अबको चुनावको विकल्प पार्टीः जिल्ला इन्चार्ज राम सी

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

हेटौडामा १३३ औँ माओ जयन्ती कार्यक्रम सम्पन्न, माओवादी नै अबको चुनावको विकल्प पार्टीः जिल्ला इन्चार्ज राम सी

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौडामा १३३ औँ माओ जयन्ती कार्यक्रम सम्पन्न, माओवादी नै अबको चुनावको विकल्प पार्टीः जिल्ला इन्चार्ज राम सी

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौडामा १३३ औँ माओ जयन्ती कार्यक्रम सम्पन्न, माओवादी नै अबको चुनावको विकल्प पार्टीः जिल्ला इन्चार्ज राम सी

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौडामा १३३ औँ माओ जयन्ती कार्यक्रम सम्पन्न, माओवादी नै अबको चुनावको विकल्प पार्टीः जिल्ला इन्चार्ज राम सी

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.