गरिबीमै सन्तुष्टि, राष्ट्र परिवर्तनको संकल्प : सुन्दर लामाको भावुक अभिव्यक्ति

हेटौंडा,पुस ११ गते । श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाले देशको वर्तमान अवस्था, व्यक्तिगत जीवनदर्शन र राष्ट्रप्रतिको प्रतिबद्धता झल्किने भावुक अभिव्यक्ति सार्वजनिक गरेको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गरिबी, नैतिकता, समानता र राष्ट्र परिवर्तनको सपना बारे आफ्नो धारणा सार्वजनिक गरिएको हो।

लामाले नेपाल गरिबी र अभावमा रहेको यथार्थ स्वीकार गर्दै आफू पनि त्यही अवस्थाको अनुभूति गरिरहेको उल्लेख गरेको छ। तथापि, गरिबीमै सन्तुष्टि खोज्नु र आम नेपाली जनताको जीवनशैलीसँग आफ्नो जीवनशैली फरक नहोस् भन्ने चाहना उनको स्टाटसमा प्रष्ट देखिन्छ। “हे भगवान, नेपाली साधारण जनताको जीवनशैली र मेरो जीवनशैलीमा कहिल्यै फरक नहोस्,” भन्दै उनले समानता र विभेदरहित समाजको कामना गरेको छ।

उनले आफू पछिल्ला १५ वर्षदेखि राष्ट्रको मुहार फेर्न दिलो ज्यान दिएर लागेको दाबी गर्दै, आफ्नो त्याग र तपस्याको मूल्यांकन एक दिन अवश्य हुने विश्वास व्यक्त गरेको छ। “सत्य एक दिन अवश्य साबित हुनेछ, बादल फाट्नेछ र सुन्दर बिहानीको किरण उदाउनेछ,” भन्ने उनको भनाइले आशा र परिवर्तन प्रतिको दृढ विश्वास झल्काउँछ।

लामाले इतिहास बारम्बार नआउने भन्दै वर्तमानलाई चिन्ने र बुझ्ने बेला आएको उल्लेख गरेको छ। उनको यो अभिव्यक्ति व्यक्तिगत भावनासँगै राजनीतिक प्रतिबद्धता, श्रम संस्कृति र राष्ट्र प्रेमको सन्देशका रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

गरिबीमै सन्तुष्टि, राष्ट्र परिवर्तनको संकल्प : सुन्दर लामाको भावुक अभिव्यक्ति

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

गरिबीमै सन्तुष्टि, राष्ट्र परिवर्तनको संकल्प : सुन्दर लामाको भावुक अभिव्यक्ति

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

गरिबीमै सन्तुष्टि, राष्ट्र परिवर्तनको संकल्प : सुन्दर लामाको भावुक अभिव्यक्ति

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

गरिबीमै सन्तुष्टि, राष्ट्र परिवर्तनको संकल्प : सुन्दर लामाको भावुक अभिव्यक्ति

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

गरिबीमै सन्तुष्टि, राष्ट्र परिवर्तनको संकल्प : सुन्दर लामाको भावुक अभिव्यक्ति

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

गरिबीमै सन्तुष्टि, राष्ट्र परिवर्तनको संकल्प : सुन्दर लामाको भावुक अभिव्यक्ति

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.