राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बागमती प्रदेशको नेतृत्व देवीमाया लिम्बूलाई

हेटौंडा,पुस ११ गते । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ प्रदेश समन्वय परिषद् बागमतीको अध्यक्षमा देवीमाया लिम्बू सर्वसम्मत रूपमा चयन भएको छ। आज सम्पन्न महासंघको तेस्रो प्रदेश अधिवेशनले लिम्बूको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

नवगठित कार्यसमितिको उपाध्यक्षमा जानकी कुमारी चौधरी, सचिवमा प्रतिक्षा माझी, सहसचिवमा सानुमाया गुरुङ तथा कोषाध्यक्षमा राधा कारनजीत चयन भएको छ। त्यसैगरी सदस्यहरूमा मैना दनुवार, बिना बोटे, मन्जु शेर्पा र रामकुमारी थामी चयन भएका छन्।

अधिवेशनको निर्वाचन प्रक्रिया निर्वाचन मण्डल समितिकी संयोजक अधिवक्ता कौशिला राई, केन्द्रीय अध्यक्ष तथा निर्वाचन मण्डलकी सदस्य ङिमी शेर्पा र केन्द्रीय सचिव तथा निर्वाचन मण्डलकी सदस्य सनम राजवंशीले सञ्चालन गरेको थियो।

नयाँ नेतृत्व चयनसँगै बागमती प्रदेशमा आदिवासी जनजाति महिलाको अधिकार, पहिचान र सशक्तीकरणका विषयमा महासंघले अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बागमती प्रदेशको नेतृत्व देवीमाया लिम्बूलाई

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बागमती प्रदेशको नेतृत्व देवीमाया लिम्बूलाई

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बागमती प्रदेशको नेतृत्व देवीमाया लिम्बूलाई

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बागमती प्रदेशको नेतृत्व देवीमाया लिम्बूलाई

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बागमती प्रदेशको नेतृत्व देवीमाया लिम्बूलाई

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बागमती प्रदेशको नेतृत्व देवीमाया लिम्बूलाई

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.