उपसभामुख इन्दिरा रानाद्वारा सरकारी गाडी फिर्ता, ट्याक्सी चढेर बाहिरिइन्

​काठमाडौं, पुस १३ गते । उपसभामुख इन्दिरा रानामगरले आफ्नो कार्यकाल सकिएसँगै आइतबार संसद् सचिवालयलाई सरकारी गाडी फिर्ता गरेकी छन्।

निर्वाचन प्रक्रिया सुरु भएसँगै संवैधानिक व्यवस्थाअनुसार पदमुक्त भएकी रानाले आफूले प्रयोग गर्दै आएका दुईवटै गाडीको साँचो सचिवालयका कर्मचारीलाई हस्तान्तरण गरेकी हुन्।

​सिंहदरबारस्थित कार्यकक्षबाट बिदा हुने क्रममा सरकारी सेवा सुविधा त्यागेर उनी ट्याक्सी चढेर बाहिरिएकी थिइन्। संविधानअनुसार प्रतिनिधिसभाको उम्मेदवार मनोनयन दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र सभामुख र उपसभामुखको कार्यकाल रहने व्यवस्था छ।

निर्वाचन आयोगले आजदेखि समानुपातिकतर्फको बन्दसूची बुझाउने समय सुरु गरेसँगै उनको कार्यकाल समाप्त भएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.