मकवानपुरगढीमा सोनाम ल्होछारको रौनक, माघ ३ गते वृहत् सांस्कृतिक कार्यक्रम हुँदै

हेटौंडा, पुस १५ गते । नेपाल तामाङ घेदुङ, मकवानपुरगढी गाउँपालिका कार्यसमितिको आयोजनामा २८६२ औँ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको अवसर पारेर वृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत समितिले कार्यक्रम आगामी माघ ३ गते हुने जानकारी दिएको हो। मकवानपुरगढी गाउँपालिका–१, रानीबासस्थित एग्रो टुरिजम पार्कमा हुने कार्यक्रममा तामाङ समुदायको मौलिक संस्कृति, कला, भेषभूषा र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।

समितिका अध्यक्ष सानो कान्छा थिङका अनुसार सोनाम ल्होछार तामाङ समुदायको महत्वपूर्ण पर्व भएकाले यसलाई सामूहिक उत्सवको रूपमा मनाउन कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा तामाङ सेलोका चर्चित गायक प्रकाश तितुङ, सञ्जीव घिसिङ, बिक्रम लुङ्बा लगायतका कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ।

कार्यक्रमका कलाकार संयोजक तथा उपाध्यक्ष बिक्रम योञ्जनले विविध सांस्कृतिक नृत्य, सांस्कृतिक झाँकी प्रदर्शन, ताम्बा–डम्फुरे प्रस्तुति र लामाद्वारा विधिपूर्वक पूजा समेत गरिने जानकारी दिए।

कार्यक्रम सञ्चालनका लागि मकवानपुरगढी गाउँपालिकाबाट ५ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको र वडा नम्बर १ कार्यालयले विशेष सहयोग गरेको आर्थिक संयोजक राज स्याङ्तानले बताए। आयोजकका अनुसार सम्पूर्ण कार्यक्रम सञ्चालनमा करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यसै अवसरमा गाउँपालिकाको कृषि शाखाको सहकार्यमा रैथाने बाली, कोदो, फापर, गहुँ लगायतका परिकार तथा उत्पादनको प्रदर्शनी स्टल समेत राखिनेछ। पत्रकार सम्मेलनमा वडा नम्बर १ का वडा अध्यक्ष आइत सिंह लो, समितिका सल्लाहकार आकाश गोले, राजकुमार गोलेलगायतको उपस्थिति रहेको थियो।

आयोजकले सबै समुदायलाई कार्यक्रममा सहभागिता जनाई सोनाम ल्होछारलाई भव्य र सभ्य रूपमा मनाउन आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरगढीमा सोनाम ल्होछारको रौनक, माघ ३ गते वृहत् सांस्कृतिक कार्यक्रम हुँदै

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

मकवानपुरगढीमा सोनाम ल्होछारको रौनक, माघ ३ गते वृहत् सांस्कृतिक कार्यक्रम हुँदै

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

मकवानपुरगढीमा सोनाम ल्होछारको रौनक, माघ ३ गते वृहत् सांस्कृतिक कार्यक्रम हुँदै

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मकवानपुरगढीमा सोनाम ल्होछारको रौनक, माघ ३ गते वृहत् सांस्कृतिक कार्यक्रम हुँदै

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मकवानपुरगढीमा सोनाम ल्होछारको रौनक, माघ ३ गते वृहत् सांस्कृतिक कार्यक्रम हुँदै

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मकवानपुरगढीमा सोनाम ल्होछारको रौनक, माघ ३ गते वृहत् सांस्कृतिक कार्यक्रम हुँदै

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.