Day: २०८२ पुष १५, मंगलवार २३:५६

समानुपातिक सूचीमा नातावाद र उपेक्षाः अर्जुन शाहीको चेतावनी, “सुदूरपश्चिमको पालो आउँदैछ”

समानुपातिक सूचीमा नातावाद र उपेक्षाः अर्जुन शाहीको चेतावनी, “सुदूरपश्चिमको पालो आउँदैछ”

काठमाडौं, पुस १५ गते । प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेका समानुपातिक उम्मेदवार सूचीमा नातावाद र क्षेत्रीय उपेक्षाको आरोप लगाउँदै जेनजी रिभोलुशन नेपालका सह–संयोजक अर्जुन शाहीले कडा चेतावनी दिएका छन्। सुदूरपश्चिम र कर्णालीजस्ता पिछडिएका प्रदेशको लगातार उपेक्षाले देशभित्रको असन्तुलन अझ बढाएको उनी बताउँछन्। शाहीले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तोष व्यक्त गर्दै भनेका छन्, "समानुपातिक प्रतिनिधित्व प्रणाली सदियौंदेखि वञ्चित समुदाय र क्षेत्रको आवाज संसदमा ल्याउने उद्देश्यले संविधानमा राखिएको हो। तर आज दलहरूले यसलाई नातेदार भर्ती र पद बिक्रीको साधन बनाइसकेका छन्।" उनले विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सूचीमा सुदूरपश्चिमलाई नजरअन्दाज गरिएको भन्दै प्रश्न उठाएका छन्। शाहीका अनुसार, "मेरो सुदूर अझै…
Read More
स्वदेशवाद, वहुलराष्ट्रवाद र सामुदायिक समाजवाद पूर्वीय दर्शनमै आधारित छन् : बुद्धछिरिङ मोक्तान

स्वदेशवाद, वहुलराष्ट्रवाद र सामुदायिक समाजवाद पूर्वीय दर्शनमै आधारित छन् : बुद्धछिरिङ मोक्तान

काठमाडौं, पुस १५ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले स्वदेशवादलाई वैचारिक–राजनीतिक दर्शन प्रणालीका रूपमा अघि सार्दै राज्य प्रणालीको विज्ञान वहुलराष्ट्रवाद र सामुदायिक समाजवाद रहेको बताएका छन्। उनले यी अवधारणालाई लिएर स्वदेशवादी मित्रहरूबाट उठाइने आलोचनाप्रति आफ्नो धारणा सार्वजनिक गरेका हुन्। मोक्तानका अनुसार, धेरैले वहुलराष्ट्रवाद र सामुदायिक समाजवादलाई पश्चिमी औपनिवेशिक अवधारणाको रूपमा बुझ्ने गरेको पाइन्छ। तर गहिरो अध्ययनपछि यी अवधारणाहरू पूर्वीय दर्शनभित्रै रहेको वैदिक, बौद्ध र जैन दार्शनिक वाङ्मयबाट व्याख्या गर्न सकिने निष्कर्षमा आफू पुगेको उनले उल्लेख गरेका छन्। उनले भनेका छन्, “धेरै अध्ययनपछि पूर्वीय दर्शनकै शब्द र अवधारणाबाट वहुलराष्ट्रवाद र सामुदायिक समाजवादलाई बुझाउने प्रयास गरिएको छ।” यद्यपि हाल थप अध्ययन जारी…
Read More
आगामी निर्वाचन २०८२ मा कम्युनिस्ट एकता र ध्रुवीकरणको आह्वान गर्दै विप्लव ‘सी’लाई साझा उम्मेदवार बनाउनुपर्ने धारणा

आगामी निर्वाचन २०८२ मा कम्युनिस्ट एकता र ध्रुवीकरणको आह्वान गर्दै विप्लव ‘सी’लाई साझा उम्मेदवार बनाउनुपर्ने धारणा

हेटौंडा, पुस १५ गते । आगामी निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम ‘सी’ले कम्युनिस्ट, बामपन्थी र देशभक्त शक्तिहरूबीच सहकार्य, एकता र ध्रुवीकरण अपरिहार्य भएको बताएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको स्टाटसमार्फत उनले समय र परिस्थितिले राजनीतिक दलहरूमाथि दबाब सिर्जना गरिरहेको उल्लेख गर्दै विचार र व्यवहार मिल्ने पार्टी तथा व्यक्तिहरू दीर्घकालसम्म अलग–अलग रहन नसक्ने दाबी गरेका छन्। उनका अनुसार नेपाली राजनीतिमा नयाँ–नयाँ समीकरण, एकता र ध्रुवीकरणको प्रक्रिया तीव्र बन्दै गएको छ। राम ‘सी’ले आफूलाई ‘नयाँ’ भनेर प्रस्तुत गर्ने केही राजनीतिक पात्रहरूलाई ठगी, देशद्रोह र विदेशी एजेन्डासँग जोड्दै कडा आलोचना गरेका छन्।…
Read More
मकवानपुरगढीमा सोनाम ल्होछारको रौनक, माघ ३ गते वृहत् सांस्कृतिक कार्यक्रम हुँदै

मकवानपुरगढीमा सोनाम ल्होछारको रौनक, माघ ३ गते वृहत् सांस्कृतिक कार्यक्रम हुँदै

हेटौंडा, पुस १५ गते । नेपाल तामाङ घेदुङ, मकवानपुरगढी गाउँपालिका कार्यसमितिको आयोजनामा २८६२ औँ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको अवसर पारेर वृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत समितिले कार्यक्रम आगामी माघ ३ गते हुने जानकारी दिएको हो। मकवानपुरगढी गाउँपालिका–१, रानीबासस्थित एग्रो टुरिजम पार्कमा हुने कार्यक्रममा तामाङ समुदायको मौलिक संस्कृति, कला, भेषभूषा र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ। समितिका अध्यक्ष सानो कान्छा थिङका अनुसार सोनाम ल्होछार तामाङ समुदायको महत्वपूर्ण पर्व भएकाले यसलाई सामूहिक उत्सवको रूपमा मनाउन कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा तामाङ सेलोका चर्चित गायक प्रकाश तितुङ, सञ्जीव घिसिङ, बिक्रम…
Read More
अवैध नदिजन्य पदार्थ उत्खनन् तथा ओभरलोडमा संलग्न १० टिप्पर र ३ ट्र्याक्टर प्रहरी नियन्त्रणमा

अवैध नदिजन्य पदार्थ उत्खनन् तथा ओभरलोडमा संलग्न १० टिप्पर र ३ ट्र्याक्टर प्रहरी नियन्त्रणमा

हेटौंडा, पुस १५ गते । आज जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा नदिजन्य पदार्थ (ढुंगा तथा बालुवा) उत्खनन्, ओसार–पसार तथा ओभरलोड गरी सञ्चालन गरिएका सवारीसाधनहरू नियन्त्रणमा लिएको छ। प्रहरीले अवैध गतिविधिमा संलग्न १० वटा टिप्पर र ३ वटा ट्र्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाएको जनाएको छ। नियन्त्रणमा लिइएका सवारीसाधनहरू नदिजन्य पदार्थको अवैध उत्खनन् तथा नियमविपरीत ओभरलोड गरी सञ्चालन गरिएको पाइएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको हो। प्रहरीका अनुसार प्राकृतिक स्रोतको संरक्षण तथा सडक सुरक्षालाई ध्यानमा राख्दै यस्ता अवैध गतिविधिविरुद्ध निरन्तर अनुगमन र कडाइका साथ कारबाही जारी रहनेछ।
Read More
राक्सिराङमा रैथाने उत्पादनको बजारीकरणका लागि कृषि हाटबजार पुनः सञ्चालन

राक्सिराङमा रैथाने उत्पादनको बजारीकरणका लागि कृषि हाटबजार पुनः सञ्चालन

राक्सिराङ, पुस १५ गते । राक्सिराङ गाउँपालिकामा स्थानीय स्तरमा उत्पादन हुने रैथाने कृषि तथा कृषिजन्य वस्तुको उचित व्यवस्थापन, प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले आजदेखि कृषि हाटबजार पुनः सञ्चालनमा आएको छ। शिक्षा, स्वास्थ्य, कृषि, विद्युत, पर्यावरण र पूर्वाधार भन्ने मूल नाराका साथ सुरु गरिएको राक्सिराङ कृषि हाटबजार प्रत्येक महिनाको १ र १५ गते नियमित रूपमा सञ्चालन हुने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए। अध्यक्ष मल्लका अनुसार स्थानीय कृषकहरूको उत्पादनलाई सहज रूपमा बजारमा पुर्‍याई आयआर्जनमा वृद्धि गर्ने, उपभोक्तालाई सुपथ मूल्यमा ताजा तथा स्वास्थ्यकर स्थानीय उत्पादन उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले यो प्रयास थालेको हो। हाटबजारमा स्थानीय चेपाङ तथा तामाङ समुदायका परम्परागत खानेकुरा तथा…
Read More
“सेलिब्रेटीको ग्ल्यामरले होइन, गहिरो जिम्मेवारीले देश चल्छ” — विशाल राज महत

“सेलिब्रेटीको ग्ल्यामरले होइन, गहिरो जिम्मेवारीले देश चल्छ” — विशाल राज महत

हेटौंडा, पुस १५ गते । सेवा–सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले हाल नेपाली राजनीतिमा बढ्दो सेलिब्रेटी प्रभावप्रति गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो विचारमा उनले कलाकार, खेलाडी र सञ्चारकर्मीहरूको राजनीतिमा बढ्दो प्रवेशलाई लोकतन्त्रको “टेस्ट ड्राइभ” का रूपमा व्याख्या गर्दै जनतालाई सचेत निर्णय गर्न आग्रह गरेका छन्। उनले लेखेका छन्— अभिनय गर्नु र देश हाँक्नु एउटै कुरा होइन। पर्दाको हिरो र जीवनको लिडरबीच मौलिक फरक हुन्छ। राजनीतिलाई व्यक्तिगत लोकप्रियताको खेल नभई नीति निर्माण, संगठन सञ्चालन र दीर्घकालीन दृष्टिको गम्भीर प्रक्रिया भएको उल्लेख गर्दै महतले तयारीबिनै संसद पुग्ने प्रवृत्तिप्रति खबरदारी गरेका छन्। महतका अनुसार सेलिब्रेटीहरूसँग…
Read More
बालेन, रवि र कुलमानका राजनीतिक ‘अभिभावक’ बाबुराम, किङमेकर सुदन गुरुङ र गोरखनाथको सम्बन्धबारे बुद्ध छिरिङ मोक्तानको विश्लेषण

बालेन, रवि र कुलमानका राजनीतिक ‘अभिभावक’ बाबुराम, किङमेकर सुदन गुरुङ र गोरखनाथको सम्बन्धबारे बुद्ध छिरिङ मोक्तानको विश्लेषण

काठमाडौं, पुस १५ गते । राजनीतिक विश्लेषक बुद्ध छिरिङ मोक्तानले समसामयिक नेपाली राजनीतिमा देखिएका प्रभावशाली पात्र र शक्ति सन्तुलनबारे टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राखेको स्टाटसमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङका राजनीतिक अभिभावक बाबुराम भट्टराई रहेको दाबी गरेका छन्। मोक्तानले यी पात्रहरूको राजनीतिक उदय आकस्मिक नभई निश्चित वैचारिक तथा राजनीतिक मार्गदर्शनसँग जोडिएको उल्लेख गरेका छन्। “यो कुरा नभुल्नु” भन्दै उनले पछिल्ला राजनीतिक गतिविधिको गहिरो सन्दर्भतर्फ संकेत गरेका छन्। त्यसैगरी, उनले सुदन गुरुङलाई ‘किङमेकर’को रूपमा चित्रण गर्दै आफ्नो राजनीतिक यात्राको प्रारम्भ गोरखनाथको आशिर्वादबाट गरेको उल्लेख गरेका छन्।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.