बालेन, रवि र कुलमानका राजनीतिक ‘अभिभावक’ बाबुराम, किङमेकर सुदन गुरुङ र गोरखनाथको सम्बन्धबारे बुद्ध छिरिङ मोक्तानको विश्लेषण

काठमाडौं, पुस १५ गते । राजनीतिक विश्लेषक बुद्ध छिरिङ मोक्तानले समसामयिक नेपाली राजनीतिमा देखिएका प्रभावशाली पात्र र शक्ति सन्तुलनबारे टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राखेको स्टाटसमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङका राजनीतिक अभिभावक बाबुराम भट्टराई रहेको दाबी गरेका छन्।

मोक्तानले यी पात्रहरूको राजनीतिक उदय आकस्मिक नभई निश्चित वैचारिक तथा राजनीतिक मार्गदर्शनसँग जोडिएको उल्लेख गरेका छन्। “यो कुरा नभुल्नु” भन्दै उनले पछिल्ला राजनीतिक गतिविधिको गहिरो सन्दर्भतर्फ संकेत गरेका छन्।

त्यसैगरी, उनले सुदन गुरुङलाई ‘किङमेकर’को रूपमा चित्रण गर्दै आफ्नो राजनीतिक यात्राको प्रारम्भ गोरखनाथको आशिर्वादबाट गरेको उल्लेख गरेका छन्। मोक्तानका अनुसार गोरखनाथ शाहवंशका संस्थापक हुन्, जसले नेपाल–भारतबीचको ऐतिहासिक, धार्मिक र राजनीतिक सम्बन्धलाई समेत जोड्छ।

उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल र भारतको गोरखनाथ पीठका पीठाधीश भएको उल्लेख गर्दै धर्म, सत्ता र क्षेत्रीय राजनीतिबीचको अन्तरसम्बन्धप्रति ध्यानाकर्षण गराएका छन्। मोक्तानको यो टिप्पणीले सामाजिक सञ्जालमा तीव्र बहस सिर्जना गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.