अवैध नदिजन्य पदार्थ उत्खनन् तथा ओभरलोडमा संलग्न १० टिप्पर र ३ ट्र्याक्टर प्रहरी नियन्त्रणमा

हेटौंडा, पुस १५ गते । आज जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा नदिजन्य पदार्थ (ढुंगा तथा बालुवा) उत्खनन्, ओसार–पसार तथा ओभरलोड गरी सञ्चालन गरिएका सवारीसाधनहरू नियन्त्रणमा लिएको छ।

प्रहरीले अवैध गतिविधिमा संलग्न १० वटा टिप्पर र ३ वटा ट्र्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाएको जनाएको छ। नियन्त्रणमा लिइएका सवारीसाधनहरू नदिजन्य पदार्थको अवैध उत्खनन् तथा नियमविपरीत ओभरलोड गरी सञ्चालन गरिएको पाइएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको हो।

प्रहरीका अनुसार प्राकृतिक स्रोतको संरक्षण तथा सडक सुरक्षालाई ध्यानमा राख्दै यस्ता अवैध गतिविधिविरुद्ध निरन्तर अनुगमन र कडाइका साथ कारबाही जारी रहनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.