“सेलिब्रेटीको ग्ल्यामरले होइन, गहिरो जिम्मेवारीले देश चल्छ” — विशाल राज महत

हेटौंडा, पुस १५ गते । सेवा–सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले हाल नेपाली राजनीतिमा बढ्दो सेलिब्रेटी प्रभावप्रति गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो विचारमा उनले कलाकार, खेलाडी र सञ्चारकर्मीहरूको राजनीतिमा बढ्दो प्रवेशलाई लोकतन्त्रको “टेस्ट ड्राइभ” का रूपमा व्याख्या गर्दै जनतालाई सचेत निर्णय गर्न आग्रह गरेका छन्।

उनले लेखेका छन्— अभिनय गर्नु र देश हाँक्नु एउटै कुरा होइन। पर्दाको हिरो र जीवनको लिडरबीच मौलिक फरक हुन्छ। राजनीतिलाई व्यक्तिगत लोकप्रियताको खेल नभई नीति निर्माण, संगठन सञ्चालन र दीर्घकालीन दृष्टिको गम्भीर प्रक्रिया भएको उल्लेख गर्दै महतले तयारीबिनै संसद पुग्ने प्रवृत्तिप्रति खबरदारी गरेका छन्।

महतका अनुसार सेलिब्रेटीहरूसँग फ्यान त हुन्छन्, तर राजनीतिक क्याडर हुँदैन। संकटको घडीमा ताली होइन, विचार र त्यागबाट निखारिएका कार्यकर्ताको साथ चाहिन्छ। उनले वर्षौं संघर्ष गरेर राजनीतिमा आएको कार्यकर्ताले मात्र महँगी, बेरोजगारी, शिक्षा, स्वास्थ्य र गरिबीको वास्तविक पीडा बुझ्ने तर्क गरेका छन्।

उनले “प्यारासुट नेता” को संज्ञा दिँदै लोकप्रियताको भरमा माथिबाट अवतरण गर्ने नेतृत्वले गाउँको कुलो, मालपोतको लाइन, अस्पतालको बेड र रोजगारीको समस्या नबुझेको हुन सक्ने उल्लेख गरेका छन्। “गरिबी स्क्रिप्टमा होइन, यथार्थमा बुझ्नुपर्छ,” महतको टिप्पणी छ।

पुराना दलका नेताहरू बिग्रिएको स्वीकार गर्दै उनले भनेका छन्— उनीहरूसँग इतिहास थियो, नयाँ अनुहारसँग भविष्य मात्र छ, जुन परीक्षा पास गरेपछि मात्र सुनिश्चित हुन्छ। समाजवाद कि पुँजीवाद, परराष्ट्र नीति, संघीयताको भविष्यजस्ता गम्भीर प्रश्नमा मौनता वा सतही जवाफ राजनीतिक अपरिपक्वताको संकेत भएको उनको भनाइ छ।

यद्यपि, नयाँ अनुहारको आगमनले पुराना दलका सिन्डिकेटहरू हल्लाएको र इमानदार भुइँमान्छे नेताहरूलाई अघि बढ्न दबाब सिर्जना भएको पक्षलाई उनले सकारात्मक परिवर्तनका रूपमा स्वागत गरेका छन्।

“खबरदारी नै लोकतन्त्रको आत्मा हो,” भन्दै महतले जनतालाई अब अनुहार र गफको भरमा होइन, ठोस योजना र नतिजाको आधारमा मत दिन आह्वान गरेका छन्। “तपाईंको अनुहार राम्रो छ, तर मेरो गाउँको बाटो बनाउने योजना के हो?” भन्ने उनको प्रश्न अहिलेको राजनीतिक बहसको केन्द्र बनेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

“सेलिब्रेटीको ग्ल्यामरले होइन, गहिरो जिम्मेवारीले देश चल्छ” — विशाल राज महत

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

“सेलिब्रेटीको ग्ल्यामरले होइन, गहिरो जिम्मेवारीले देश चल्छ” — विशाल राज महत

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

“सेलिब्रेटीको ग्ल्यामरले होइन, गहिरो जिम्मेवारीले देश चल्छ” — विशाल राज महत

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

“सेलिब्रेटीको ग्ल्यामरले होइन, गहिरो जिम्मेवारीले देश चल्छ” — विशाल राज महत

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

“सेलिब्रेटीको ग्ल्यामरले होइन, गहिरो जिम्मेवारीले देश चल्छ” — विशाल राज महत

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

“सेलिब्रेटीको ग्ल्यामरले होइन, गहिरो जिम्मेवारीले देश चल्छ” — विशाल राज महत

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.