स्वदेशवाद, वहुलराष्ट्रवाद र सामुदायिक समाजवाद पूर्वीय दर्शनमै आधारित छन् : बुद्धछिरिङ मोक्तान

काठमाडौं, पुस १५ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले स्वदेशवादलाई वैचारिक–राजनीतिक दर्शन प्रणालीका रूपमा अघि सार्दै राज्य प्रणालीको विज्ञान वहुलराष्ट्रवाद र सामुदायिक समाजवाद रहेको बताएका छन्। उनले यी अवधारणालाई लिएर स्वदेशवादी मित्रहरूबाट उठाइने आलोचनाप्रति आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

मोक्तानका अनुसार, धेरैले वहुलराष्ट्रवाद र सामुदायिक समाजवादलाई पश्चिमी औपनिवेशिक अवधारणाको रूपमा बुझ्ने गरेको पाइन्छ। तर गहिरो अध्ययनपछि यी अवधारणाहरू पूर्वीय दर्शनभित्रै रहेको वैदिक, बौद्ध र जैन दार्शनिक वाङ्मयबाट व्याख्या गर्न सकिने निष्कर्षमा आफू पुगेको उनले उल्लेख गरेका छन्।

उनले भनेका छन्, “धेरै अध्ययनपछि पूर्वीय दर्शनकै शब्द र अवधारणाबाट वहुलराष्ट्रवाद र सामुदायिक समाजवादलाई बुझाउने प्रयास गरिएको छ।” यद्यपि हाल थप अध्ययन जारी रहेकाले अहिलेका लागि संस्लेषित (सिन्थेसाइज्ड) शब्दहरू प्रयोगमै राखिएको उनको भनाइ छ।

मोक्तानले स्वदेशवादी चिन्तनलाई मौलिक र आत्मनिर्भर वैचारिक धारामा विकास गर्न पूर्वीय ज्ञान परम्पराको पुनर्व्याख्या आवश्यक रहेको पनि औँल्याएका छन्। उनको यो धारणा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

स्वदेशवाद, वहुलराष्ट्रवाद र सामुदायिक समाजवाद पूर्वीय दर्शनमै आधारित छन् : बुद्धछिरिङ मोक्तान

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

स्वदेशवाद, वहुलराष्ट्रवाद र सामुदायिक समाजवाद पूर्वीय दर्शनमै आधारित छन् : बुद्धछिरिङ मोक्तान

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

स्वदेशवाद, वहुलराष्ट्रवाद र सामुदायिक समाजवाद पूर्वीय दर्शनमै आधारित छन् : बुद्धछिरिङ मोक्तान

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

स्वदेशवाद, वहुलराष्ट्रवाद र सामुदायिक समाजवाद पूर्वीय दर्शनमै आधारित छन् : बुद्धछिरिङ मोक्तान

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

स्वदेशवाद, वहुलराष्ट्रवाद र सामुदायिक समाजवाद पूर्वीय दर्शनमै आधारित छन् : बुद्धछिरिङ मोक्तान

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

स्वदेशवाद, वहुलराष्ट्रवाद र सामुदायिक समाजवाद पूर्वीय दर्शनमै आधारित छन् : बुद्धछिरिङ मोक्तान

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.