राक्सिराङमा रैथाने उत्पादनको बजारीकरणका लागि कृषि हाटबजार पुनः सञ्चालन

राक्सिराङ, पुस १५ गते । राक्सिराङ गाउँपालिकामा स्थानीय स्तरमा उत्पादन हुने रैथाने कृषि तथा कृषिजन्य वस्तुको उचित व्यवस्थापन, प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले आजदेखि कृषि हाटबजार पुनः सञ्चालनमा आएको छ।

शिक्षा, स्वास्थ्य, कृषि, विद्युत, पर्यावरण र पूर्वाधार भन्ने मूल नाराका साथ सुरु गरिएको राक्सिराङ कृषि हाटबजार प्रत्येक महिनाको १ र १५ गते नियमित रूपमा सञ्चालन हुने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।

अध्यक्ष मल्लका अनुसार स्थानीय कृषकहरूको उत्पादनलाई सहज रूपमा बजारमा पुर्‍याई आयआर्जनमा वृद्धि गर्ने, उपभोक्तालाई सुपथ मूल्यमा ताजा तथा स्वास्थ्यकर स्थानीय उत्पादन उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले यो प्रयास थालेको हो।

हाटबजारमा स्थानीय चेपाङ तथा तामाङ समुदायका परम्परागत खानेकुरा तथा रैथाने उत्पादनहरू जस्तै गिट्ठा, भ्याकुर, चिउरीको मह, गहत, मास, फापर लगायतका कृषि उपजको प्रवर्द्धन तथा खरिद–बिक्री गरिनेछ। आज सुरु भएको हाटबजारमा करिब २० वटा बिक्री स्थल राखिएको छ।

हाटबजारको उद्घाटन कार्यक्रम स्थानीय पहिचान झल्किने सांस्कृतिक झाँक्री तथा नृत्य प्रदर्शनसहित सम्पन्न भएको थियो। कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले गरेको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले रहेका थिए।

विसं २०७९ साल फागुन १ गते सुरु गरिएको कृषि हाटबजारले निरन्तर सञ्चालनको ४ वर्ष पूरा गरिसकेको भए पनि अविरल वर्षा र विभिन्न ठूला चाडपर्वका कारण केही समय अवरुद्ध भएको थियो। आजबाट पुनः सञ्चालनमा आएको हाटबजार अब हिउँदे यामभरि नियमित रूपमा सञ्चालन हुने बताइएको छ।

कार्यक्रममा विभिन्न स्थानीय तहका विशिष्ट व्यक्तिहरू, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सञ्चारमाध्यममा क्रियाशील पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित पत्रकारहरूलाई सम्मानस्वरूप चिउरीको मह प्रदान गरिएको थियो।

कार्यक्रमको सञ्चालन बागमती प्रदेश सभा हेटौंडा तामाङ भाषा अनुवादका ज्ञानेन्द्र तामाङले गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

राक्सिराङमा रैथाने उत्पादनको बजारीकरणका लागि कृषि हाटबजार पुनः सञ्चालन

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

राक्सिराङमा रैथाने उत्पादनको बजारीकरणका लागि कृषि हाटबजार पुनः सञ्चालन

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

राक्सिराङमा रैथाने उत्पादनको बजारीकरणका लागि कृषि हाटबजार पुनः सञ्चालन

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

राक्सिराङमा रैथाने उत्पादनको बजारीकरणका लागि कृषि हाटबजार पुनः सञ्चालन

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

राक्सिराङमा रैथाने उत्पादनको बजारीकरणका लागि कृषि हाटबजार पुनः सञ्चालन

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

राक्सिराङमा रैथाने उत्पादनको बजारीकरणका लागि कृषि हाटबजार पुनः सञ्चालन

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.