समानुपातिक प्रतिनिधित्वको मर्म विपरीत नचल्न रास्वपाको नेतृत्वलाई विशाल राज महतको चेतावनी

हेटौंडा, पुस १६ गते । सेवा, सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रतिनिधित्वको संवैधानिक मर्मअनुसार अभ्यास गर्न नसकेको भन्दै नेतृत्वप्रति गम्भीर सवाल उठाएका छन्।

आफ्नो सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महतले अल्पसङ्ख्यक, सीमान्तकृत र बहिष्कारमा परेका समुदायलाई राज्य निर्माणको मूलधारमा ल्याउन समानुपातिक प्रतिनिधित्व एक उपयुक्त र अनिवार्य माध्यम भएको बताएका छन्। नेपालकाे संविधान २०७२ ले विभिन्न धाराहरूमा समानुपातिक प्रतिनिधित्वलाई संस्थागत रूपमा सुनिश्चित गरे पनि त्यसको सही कार्यान्वयन राजनीतिक दलहरूबाट हुन नसकेको उनको भनाइ छ।

विशेषगरी आफूलाई वैकल्पिक शक्तिको रूपमा प्रस्तुत गर्दै आएको रास्वपाले समानुपातिक प्रतिनिधित्वको मर्मअनुसार अघि बढ्न नसकेको उल्लेख गर्दै महतले यस्तो कमजोरीले जनताको आशा र विश्वासमा चोट पुग्ने चेतावनी दिएका छन्। “अरूलाई ‘झोले’ भनेर मात्र हुँदैन, आफ्नै कमजोरी स्वीकार गर्दै सुधार गर्नुपर्छ,” उनले लेखेका छन्।

महतले पार्टीभित्र सचेत नेता–कार्यकर्ताले नेतृत्वलाई समयमै खबरदारी नगरे केन्द्रीयता हाबी हुने र पार्टी जनवादी नहुने खतरा औंल्याएका छन्। खबरदारी गर्ने संस्कार कमजोर भएमा कुनै पनि पार्टी अरूभन्दा फरक हुन नसक्ने उनको निष्कर्ष छ।

उनको यो धारणा पछिल्लो समय राजनीतिक दलहरूमा समानुपातिक प्रतिनिधित्वको अभ्यास र आन्तरिक लोकतन्त्रबारे चलिरहेको बहससँग जोडिएर आएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

समानुपातिक प्रतिनिधित्वको मर्म विपरीत नचल्न रास्वपाको नेतृत्वलाई विशाल राज महतको चेतावनी

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

समानुपातिक प्रतिनिधित्वको मर्म विपरीत नचल्न रास्वपाको नेतृत्वलाई विशाल राज महतको चेतावनी

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

समानुपातिक प्रतिनिधित्वको मर्म विपरीत नचल्न रास्वपाको नेतृत्वलाई विशाल राज महतको चेतावनी

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

समानुपातिक प्रतिनिधित्वको मर्म विपरीत नचल्न रास्वपाको नेतृत्वलाई विशाल राज महतको चेतावनी

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

समानुपातिक प्रतिनिधित्वको मर्म विपरीत नचल्न रास्वपाको नेतृत्वलाई विशाल राज महतको चेतावनी

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

समानुपातिक प्रतिनिधित्वको मर्म विपरीत नचल्न रास्वपाको नेतृत्वलाई विशाल राज महतको चेतावनी

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.