नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) मकवानपुरद्वारा २०८२ फागुन २१ को निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

हेटौडा, पुस २३ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) मकवानपुर जिल्ला समितिले आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ फागुन २१ गतेका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।

पार्टीको जिल्ला सचिवालय बैठकको निर्णयअनुसार मकवानपुर जिल्लाका क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ का लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिने नेताहरूको नामावली सार्वजनिक गरिएको हो।

जिल्ला समितिका अनुसार क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रस्तावित उम्मेदवारहरूमा महेश नेपाली (आरोह), राम स्याङतान (अल्टर), बिर माया दोङ तथा साजन योन्जन रहेका छन्।

त्यसैगरी, क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ प्रस्तावित उम्मेदवारहरूमा राम घलान (वाटर), सूर्य बहादुर (अर्जेल), विवेक घलान ‘सुभाष’ (जेन जि), सूर्य बहादुर गोले (जिन जि) तथा समाज थिङ लामा रहेका छन्।

पार्टीले जनतासँग नजिक रहेका, संघर्षशील र संगठन निर्माणमा सक्रिय नेतृत्वलाई उम्मेदवारीका लागि सिफारिस गरिएको जनाएको छ। अन्तिम निर्णय भने पार्टीको केन्द्रीय तहबाट हुने बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.