१८ महिनापछि त्रिशूलीमा खसेको बसको अवशेष फेला

photo by Sagar Giri

मुग्लिन–नारायणगढ, पुस २७ गते। मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा १८ महिनाअघि त्रिशूली नदीमा खसेका दुई बसमध्ये एक बसको अवशेष आज फेला परेको छ।

photo by Sagar Giri

भरतपुर महानगरपालिका–२९ सिमलताल पारीपट्टी, तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदी किनारमा बालुवामा गढिएको अवस्थामा बसको ड्राइभरतर्फको चक्का र केही टिनका भाग भेटिएको हो।

इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँका प्रहरी निरीक्षक प्रदीप सुवेदीका अनुसार नदी किनारमा भेटिएका अवशेषहरू घटनास्थलमै खसेको बसकै भएको पुष्टि भएको छ। अवशेष फेला परेपछि थप खोज तथा अनुसन्धानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.