Day: २०८२ पुष २७, आईतवार १४:५२

१८ महिनापछि त्रिशूलीमा खसेको बसको अवशेष फेला

१८ महिनापछि त्रिशूलीमा खसेको बसको अवशेष फेला

मुग्लिन–नारायणगढ, पुस २७ गते। मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा १८ महिनाअघि त्रिशूली नदीमा खसेका दुई बसमध्ये एक बसको अवशेष आज फेला परेको छ। भरतपुर महानगरपालिका–२९ सिमलताल पारीपट्टी, तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदी किनारमा बालुवामा गढिएको अवस्थामा बसको ड्राइभरतर्फको चक्का र केही टिनका भाग भेटिएको हो। इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँका प्रहरी निरीक्षक प्रदीप सुवेदीका अनुसार नदी किनारमा भेटिएका अवशेषहरू घटनास्थलमै खसेको बसकै भएको पुष्टि भएको छ। अवशेष फेला परेपछि थप खोज तथा अनुसन्धानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
Read More
सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित, ढुक्क भएर बालबालिका भर्ना गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित, ढुक्क भएर बालबालिका भर्ना गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

हेटौंडा, पुस २७ गते। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा नेकपा एमालेका नेता एवं केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले वडाभित्र रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गरिएको बताउँदै अभिभावकलाई आफ्ना बालबालिका ढुक्क भएर सामुदायिक विद्यालयमै भर्ना गर्न आग्रह गरेको छ। कर्रा टोल विकास संस्थाको ८ औँ साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष सिग्देलले शिक्षा विकासका लागि जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासन एकजुट भएर लागिरहेको बताए। उनका अनुसार वडाभित्रका सामुदायिक विद्यालयहरूले बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म सुविधा सम्पन्न वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन्। वडा अध्यक्ष सिग्देलले विद्यालयको भौतिक पूर्वाधार, आधुनिक प्रयोगशाला, स्तरीय…
Read More
कमलनगर जेसीजको नेतृत्व देवराज भण्डारीलाई, नयाँ कार्यसमिति निर्वाचित

कमलनगर जेसीजको नेतृत्व देवराज भण्डारीलाई, नयाँ कार्यसमिति निर्वाचित

झापा, पुस २७ गते। झापाको कमल गाउँपालिकामा सक्रिय कमलनगर जेसीजले ११औँ साधारणसभा सम्पन्न गर्दै वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ। साधारणसभाबाट देवराज भण्डारी (महेश) अध्यक्ष पदमा निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि विद्या सापकोटा (मिलन), देवराज भण्डारी (महेश) र लोकबहादुर खड्काबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धात्मक निर्वाचनपछि भण्डारीले अध्यक्षको जिम्मेवारी पाएका हुन्। नयाँ कार्यसमितिअनुसार कार्यकारिणी उपाध्यक्षमा कमल कटुवाल र प्रभात मण्डल चयन भएका छन् भने उपाध्यक्षहरूमा विशाल कार्की, ऐश्वर्य चौहान, भिमकुमारी बस्नेत (रञ्जना) र शम्भु निरौला निर्वाचित भएका छन्। त्यसैगरी तालिम निर्देशकमा मिलन पौडेल, जनसम्पर्क अधिकारीमा डिजा घिमिरे र प्रकरण निर्देशकमा भूमिका चापागाईं निर्वाचित भएका छन्। वर्ष २०२६…
Read More
आजदेखि भारत–न्युजिल्यान्डको एकदिवसीय शृङ्खला, बडोदरामा पहिलो भिडन्त

आजदेखि भारत–न्युजिल्यान्डको एकदिवसीय शृङ्खला, बडोदरामा पहिलो भिडन्त

बडोदरा (एजेन्सी) , पुस २७ गते। विश्व क्रिकेटका दुई सशक्त टोली भारत र न्युजिल्यान्डबीचको बहुप्रतिक्षित एकदिवसीय (ओडिआई) क्रिकेट शृङ्खला आजबाट भारतमा सुरु हुँदैछ। शृङ्खलाको पहिलो खेल आज दिउँसो १:४५ बजे (नेपाली समय) बडोदरामा खेलाइनेछ। घरेलु मैदानको फाइदा उठाउने लक्ष्यसहित भारत मैदान उत्रँदैछ भने भ्रमणकारी न्युजिल्यान्ड पनि चुनौतीपूर्ण प्रदर्शनको तयारीमा छ। भारतीय टोलीको कप्तानी युवा ब्याट्सम्यान शुभमन गिलले गरिरहेका छन् भने न्युजिल्यान्डको नेतृत्व माइकल ब्रेसवेलले सम्हालेका छन्। दुवै टोली पछिल्ला प्रदर्शनका आधारमा सन्तुलित देखिएकाले शृङ्खला प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। विशेषगरी भारतको बलियो ब्याटिङ लाइनअप र न्युजिल्यान्डको अनुशासित बलिङ आक्रमणबीचको टक्कर दर्शकका लागि आकर्षणको केन्द्र बन्नेछ। एकदिवसीय शृङ्खला सकिएपछि यी दुई…
Read More
हेटौंडाको जनहित, सुशासन र दिगो विकासलाई केन्द्रमा राख्दै आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा दिभेष शाक्य

हेटौंडाको जनहित, सुशासन र दिगो विकासलाई केन्द्रमा राख्दै आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा दिभेष शाक्य

हेटौंडा, पुस २७ गते । भैरव समूहका संयोजक दिभेष शाक्यले हेटौंडाको जनहित, सुशासन र दिगो विकासलाई केन्द्रमा राख्दै आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेको संकेत गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा हेटौंडावासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक अभिवादन गर्दै आफ्नो राजनीतिक यात्राबारे धारणा राखेका हुन्। शाक्यले सार्वजनिक जीवनमा पूर्ण निर्दोष व्यक्ति नहुने यथार्थलाई विनम्रतापूर्वक स्वीकार गर्दै, अनुभव, सिकाइ र सुधारका अवसरलाई आत्मसात गरेर अझ जिम्मेवार, पारदर्शी र उत्तरदायी भूमिकामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो यात्रालाई कुनै दबाब वा विवादले होइन, जनताबाट प्राप्त माया, भरोसा र विश्वास तथा स्पष्ट एजेन्डाले प्रेरित गरेको उल्लेख गरेका छन्। उनले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.