जेनजी आन्दोलन र भदौको प्रदर्शनमाथि मानव अधिकार आयोगको चासो, रवि किरण हमाललाई छलफलमा बोलायो

काठमाडौं, पुस २९ गते । भदौ २३ र २४ गते सम्पन्न प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले औपचारिक अनुसन्धानलाई तीव्रता दिएको छ। सोही सिलसिलामा आयोगले जेनजी आन्दोलनका अगुवा रवि किरण हमाललाई छलफलका लागि बोलाएको छ।

आयोगले माननीय सदस्य डा. लीलि थापाको संयोजकत्वमा गठन गरिएको अनुसन्धान समितिमार्फत घटनाको समग्र अध्ययन गरिरहेको जनाएको छ। आयोगले हमाललाई २०८२ भदौ ३० गते बिहान ११ बजे पुल्चोकस्थित हरिहर भवनमा रहेको केन्द्रीय कार्यालयमा उपस्थित भई छलफलमा सहभागी हुन पत्राचार गरेको हो।

आयोगका अनुसार छलफलमा प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार अवस्था, राहत तथा क्षतिपूर्तिको प्रक्रिया, साथै राज्य पक्ष र सरोकारवाला निकायहरूले चालेका कदमबारे विस्तृत जानकारी लिने उद्देश्य राखिएको छ।

यसैबीच, जेनजी अगुवा हमालले मानव अधिकार आयोगको अनुरोधलाई सकारात्मक रूपमा लिँदै आयोगसमक्ष उपस्थित भएर आफ्नो धारणा राख्ने बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.