काठमाडौं, फागुन १२ गते । खेल, संस्कृति र यात्रालाई एउटै अनुभवमा बाँध्दै Guru Travels Ltd ले आयोजना गरेको खेल पर्यटन टुर उल्लेखनीय सफलताका साथ सम्पन्न भएको छ । विश्वव्यापी चर्चित प्रतियोगिता ICC Men’s T20 World Cup लाई केन्द्रमा राखेर सञ्चालन गरिएको उक्त टुरमा देशभरका करिब १५० जना क्रिकेटप्रेमी, विद्यार्थी, परिवार र कर्पोरेट समूहका सहभागी भए ।
समूह चरणका खेलहरू सम्पन्न भइसके पनि बाँकी खेलका लागि सुनिश्चित म्याच टिकट, प्याकेज तथा आवश्यक व्यवस्थाहरू अझै उपलब्ध रहेको कम्पनीले जनाएको छ । खेल अवलोकन मात्र नभई यात्रालाई पनि अर्थपूर्ण बनाउने उद्देश्यसहित तयार गरिएको यो टुरले सहभागीहरूलाई अन्तर्राष्ट्रिय खेल वातावरणसँग प्रत्यक्ष जोड्यो ।
खेल हेर्ने अनुभवसँगै सहभागीहरूले आयोजक सहरका प्रमुख पर्यटकीय गन्तव्य, सांस्कृतिक सम्पदा र स्थानीय जीवनशैली नजिकबाट चिन्ने अवसर पाए । यसले खेलप्रेम मात्र होइन, गन्तव्यको संस्कृति र समाजप्रति बुझाइ बढाउन समेत सहयोग पुर्याएको आयोजकको भनाइ छ ।
टुर प्याकेजभित्र सुनिश्चित म्याच टिकट, अन्तर्राष्ट्रिय उडान व्यवस्थापन, होटल बसोबास, विमानस्थल तथा स्थानीय यातायात, साथै व्यवस्थित सहर भ्रमण कार्यक्रम समेटिएका थिए । सबै व्यवस्थापन सुरक्षित, सहज र समयमै सम्पन्न हुने गरी गरिएकोले सहभागीहरूले झन्झटरहित र स्मरणीय यात्रा अनुभव गरे ।
करिब १५० जनाको सक्रिय सहभागिताले नेपालमा खेल पर्यटनप्रति बढ्दो चासो र सम्भावनालाई स्पष्ट संकेत गरेको छ । पछिल्ला वर्षहरूमा नेपाली युवाहरू तथा खेलप्रेमीहरू अन्तर्राष्ट्रिय प्रतियोगिताप्रति आकर्षित हुँदै गएकाले यस्तो अवधारणामा आधारित टुरको माग बढ्दो देखिएको छ ।
यस टुरले Facebook, TikTok, Instagram लगायत सामाजिक सञ्जालमा राम्रो प्रयोगकर्ता सहभागिता (user engagement) हासिल गरेको थियो । साथै, “Refer & Win” अभियानमार्फत सहभागीहरूले पुरस्कार जित्ने अवसरसमेत पाएका थिए ।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले T20 विश्वकपजस्तो अन्तर्राष्ट्रिय प्रतियोगितालाई केन्द्रमा राखेर गरिएको यो प्रयास नेपाली खेलप्रेमीका लागि उत्साहजनक बनेको बताए । उनले क्रिकेटसँगै फुटबल तथा अन्य अन्तर्राष्ट्रिय खेल प्रतियोगितालाई लक्षित गर्दै अझ व्यवस्थित र गुणस्तरीय खेल पर्यटन कार्यक्रम ल्याउने योजना रहेको जानकारी दिए । “खेल हेर्ने मात्र होइन, यात्रालाई पनि जीवनभर सम्झनलायक बनाउने हाम्रो लक्ष्य हो,” उनले भने ।
यस टुरको सफलताले भविष्यमा थप अन्तर्राष्ट्रिय खेल प्रतियोगितालाई आधार बनाएर सुरक्षित र संगठित खेल पर्यटन प्याकेज सञ्चालन गर्ने मार्ग प्रशस्त भएको Guru Travels Ltd ले जनाएको छ ।














