हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

बागमती गाउँपालिका,बैशाख २ गते । आन्तरिक राजस्व कार्यालय हेटौडा र बागमती गाउँपालिका बीच कर प्रशासनलाई स्थानीय तहसम्म प्रभावकारी बनाउने उद्देश्यका साथ कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार अब गाउँपालिकाभित्रैबाट स्थायी लेखा नम्बर (प्यान) प्रदान गरिने भएको छ। यसबाट स्थानीय व्यवसायी तथा सर्वसाधारणलाई कर प्रणालीमा आबद्ध गराउँदै राजस्व सङ्कलनलाई थप व्यवस्थित र प्रभावकारी बनाइने लक्ष्य राखिएको छ।

गाउँपालिकाभित्र रहेका व्यवसायीहरूलाई करको दायरामा ल्याउने, करचुक्ता प्रमाणपत्र प्राप्त गर्न सहजीकरण गर्ने तथा करसम्बन्धी सचेतना अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने जनाइएको छ। साथै हालसम्म दर्ता नभएका व्यवसायीहरूलाई समेत कर प्रणालीमा समेट्दै राजस्व वृद्धि गर्ने योजना रहेको छ।

सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी तथा आन्तरिक राजस्व कार्यालय हेटौडाका प्रमुख युक्त प्रसाद सुवेदीले हस्ताक्षर गरेका छन्।

दुबै निकायबीचको सहकार्यले स्थानीय तहमा कर प्रशासनलाई व्यवस्थित बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ। साथै अब व्यक्तिगत तथा व्यवसायिक प्यान नम्बर बनाउन हेटौंडा धाउनुपर्ने झन्झट हट्ने भएको छ।

यस सम्झौताले व्यवसायीहरूलाई करचुक्ता प्रक्रिया सहज बनाउनुका साथै स्थानीय तथा प्रादेशिक राजस्वमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु

हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

बकैया गाउँपालिका–४ मा सडक निर्माणका लागि जुरेली–सिमात खण्ड अनिश्चितकालका लागि बन्द

हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

सम्पत्ति विवरणमा पारदर्शिता माग्दै सुन्दर लामाको टिप्पणी : “सरकारका राम्रा काममा समर्थन, तर शंका लागेका विषयमा खबरदारी जारी”

हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन, सेवा प्रवाह प्रभावकारी बनाउन नगर प्रमुख लामाको जोड

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.