Day: २०८३ बैशाख २, बुधबार २३:१०

मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

हेटौडा,बैशाख २ गते । साइकल मैत्री कानुन र सुरक्षित सहर निर्माणको सन्देश बोकेर पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै महाकालीदेखि मेचीसम्म पाँच दिनको साइकल यात्रा सफलतापूर्वक सम्पन्न गर्ने टोलीलाई हेटौडा उपमहानगरपालिकाले सम्मान गरेको छ। उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले आफ्नो कार्यकक्षमै उक्त टोलीका सदस्यहरूलाई खादा र प्रमाणपत्र प्रदान गरी सम्मान गरेकी छिन्। सम्मानित हुनेहरूमा ‘साइकल सिटी हेटौडा’ का दीपक खड्का, लेखनाथ ढकाल र रामप्रसाद फुयाल रहेका छन्। उनीहरूले स्वास्थ्य, पर्यावरण संरक्षण तथा पर्यटन प्रवर्द्धनको उद्देश्यसहित देशव्यापी साइकल यात्रा गर्दै हेटौडाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास गरेका थिए। प्रमुख लामाले मेचीदेखि महाकालीसम्मको चुनौतीपूर्ण यात्रा सफलतापूर्वक सम्पन्न गरी हेटौडाको गौरव बढाएको उल्लेख…
Read More
अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु

अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु

हेटौडा,बैशाख २ गते । हेटौडाका सेवाग्राहीहरूका लागि राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झट अब हटेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबारदेखि हुलाक कार्यालय मकवानपुरसँगको समन्वयमा राहदानी घर–घरमै पुर्‍याउने सेवा सुरु गरेको हो। नयाँ व्यवस्थाअनुसार राहदानी तयार भइसकेपछि सेवाग्राहीले कार्यालय पुग्नुपर्दैन; हुलाक मार्फत सिधै घरमै पुगेर हस्तान्तरण गरिन्छ। सेवा सुरु भएको पहिलो दिनमै हेटौडा उपमहानगरपालिका–४ का २२ वर्षीय निश्चल मानन्धरको घरमै राहदानी पुर्‍याएर कार्यक्रमको औपचारिक थालनी गरिएको थियो। सो क्रममा हुलाकका कर्मचारी, कार्यालय प्रमुख र प्रशासनका प्रतिनिधि स्वयं घरमै पुगेर राहदानी हस्तान्तरण गरेका थिए। घरमै सेवा पाउँदा उत्साहित मानन्धरले सरकारले यस्तो सुविधा अन्य क्षेत्रहरूमा पनि विस्तार गर्नुपर्ने सुझाव दिएका छन्।…
Read More
हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

बागमती गाउँपालिका,बैशाख २ गते । आन्तरिक राजस्व कार्यालय हेटौडा र बागमती गाउँपालिका बीच कर प्रशासनलाई स्थानीय तहसम्म प्रभावकारी बनाउने उद्देश्यका साथ कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार अब गाउँपालिकाभित्रैबाट स्थायी लेखा नम्बर (प्यान) प्रदान गरिने भएको छ। यसबाट स्थानीय व्यवसायी तथा सर्वसाधारणलाई कर प्रणालीमा आबद्ध गराउँदै राजस्व सङ्कलनलाई थप व्यवस्थित र प्रभावकारी बनाइने लक्ष्य राखिएको छ। गाउँपालिकाभित्र रहेका व्यवसायीहरूलाई करको दायरामा ल्याउने, करचुक्ता प्रमाणपत्र प्राप्त गर्न सहजीकरण गर्ने तथा करसम्बन्धी सचेतना अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने जनाइएको छ। साथै हालसम्म दर्ता नभएका व्यवसायीहरूलाई समेत कर प्रणालीमा समेट्दै राजस्व वृद्धि गर्ने योजना रहेको छ। सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष…
Read More
बकैया गाउँपालिका–४ मा सडक निर्माणका लागि जुरेली–सिमात खण्ड अनिश्चितकालका लागि बन्द

बकैया गाउँपालिका–४ मा सडक निर्माणका लागि जुरेली–सिमात खण्ड अनिश्चितकालका लागि बन्द

बकैया गाउँपालिका,बैशाख २ गते । मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने जुरेली सीमात घुम्ती सडक खण्डमा सडक निर्माण कार्य सुरु गरिने भएको छ। सोही कारणले उक्त सडक खण्ड अनिश्चित समयका लागि बन्द गरिने भएको छ। वडा कार्यालयले जारी गरेको सूचनाअनुसार जुरेली सीमात अन्तर्गत सानोथलीदेखि सिमात घुम्तीसम्मको सडक खण्डमा निर्माण कार्य अगाडि बढाइने भएकाले वैशाख ४ गतेदेखि अर्को सूचना जारी नभएसम्म सडक पूर्ण रूपमा बन्द रहने जनाइएको छ। वडा कार्यालयले यात्रु तथा स्थानीय बासिन्दालाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्दै निर्माण कार्यको अवधिभर सहकार्य र सहयोगका लागि अपिल गरेको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.