बकैया गाउँपालिका–४ मा सडक निर्माणका लागि जुरेली–सिमात खण्ड अनिश्चितकालका लागि बन्द

बकैया गाउँपालिका,बैशाख २ गते । मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने जुरेली सीमात घुम्ती सडक खण्डमा सडक निर्माण कार्य सुरु गरिने भएको छ। सोही कारणले उक्त सडक खण्ड अनिश्चित समयका लागि बन्द गरिने भएको छ।

वडा कार्यालयले जारी गरेको सूचनाअनुसार जुरेली सीमात अन्तर्गत सानोथलीदेखि सिमात घुम्तीसम्मको सडक खण्डमा निर्माण कार्य अगाडि बढाइने भएकाले वैशाख ४ गतेदेखि अर्को सूचना जारी नभएसम्म सडक पूर्ण रूपमा बन्द रहने जनाइएको छ।

वडा कार्यालयले यात्रु तथा स्थानीय बासिन्दालाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्दै निर्माण कार्यको अवधिभर सहकार्य र सहयोगका लागि अपिल गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.