मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

हेटौडा,बैशाख २ गते । साइकल मैत्री कानुन र सुरक्षित सहर निर्माणको सन्देश बोकेर पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै महाकालीदेखि मेचीसम्म पाँच दिनको साइकल यात्रा सफलतापूर्वक सम्पन्न गर्ने टोलीलाई हेटौडा उपमहानगरपालिकाले सम्मान गरेको छ।

उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले आफ्नो कार्यकक्षमै उक्त टोलीका सदस्यहरूलाई खादा र प्रमाणपत्र प्रदान गरी सम्मान गरेकी छिन्।

सम्मानित हुनेहरूमा ‘साइकल सिटी हेटौडा’ का दीपक खड्का, लेखनाथ ढकाल र रामप्रसाद फुयाल रहेका छन्। उनीहरूले स्वास्थ्य, पर्यावरण संरक्षण तथा पर्यटन प्रवर्द्धनको उद्देश्यसहित देशव्यापी साइकल यात्रा गर्दै हेटौडाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास गरेका थिए।

प्रमुख लामाले मेचीदेखि महाकालीसम्मको चुनौतीपूर्ण यात्रा सफलतापूर्वक सम्पन्न गरी हेटौडाको गौरव बढाएको उल्लेख गर्दै टोलीको प्रशंसा गरेकी छिन्। साथै, उनले यस्ता सकारात्मक तथा प्रेरणादायी कार्यलाई आगामी दिनमा पनि उपमहानगरपालिकाले प्राथमिकताका साथ प्रोत्साहन गर्दै जाने बताएकी छिन्।

साइकल यात्राले स्वस्थ जीवनशैली, वातावरण संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सन्देश दिएको भन्दै स्थानीय तहले यस्ता अभियानलाई अझ सशक्त बनाउनु आवश्यक रहेको उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.