निजगढमा दृष्टिविहीन क्रिकेट प्रशिक्षण सम्पन्न

​निजगढ,बैशाख ३ गते । नेत्रहीन क्रिकेट संघ मधेस प्रदेशको आयोजनामा निजगढ-६ स्थित क्रिकेट मैदानमा सञ्चालित दृष्टिविहीन क्रिकेट प्रशिक्षण तथा प्रतियोगितात्मक कार्यक्रमको आज समापन गरिएको छ। वैशाख १ गतेदेखि सुरु भएको उक्त कार्यक्रमको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यतामा औपचारिक समापन गरिएको हो।

​समापन समारोहमा नगर उप-प्रमुख सोममाया थिङ्ग, वडा अध्यक्ष बिसन सापकोटा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिलबहादुर लामा र इलाका प्रहरी कार्यालय निजगढका प्रमुख जीवन लामिछाने लगायतको उपस्थिति थियो।

​संघका अध्यक्ष महेश साहका अनुसार वैशाख ५ देखि ८ गतेसम्म आयोजना हुने प्रदेश स्तरीय प्रतियोगितामा मधेस प्रदेशलाई उपाधि दिलाउने लक्ष्यका साथ यो प्रशिक्षण दिइएको हो। कार्यक्रममा युवा क्लबका प्रतिनिधि तथा समाजसेवीहरूले समेत खेलाडीहरूलाई प्रोत्साहन दिएका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.