सर्लाही अदालतद्वारा राम बहादुर बोम्जनलाई सफाइ, थुनामुक्त

सर्लाही,बैशाख १८ गते । सर्लाही जिल्ला अदालतले तपस्वी राम बहादुर बोम्जन (मैत्रीनाथ गुरुज्यू) माथि लगाइएका आरोपहरूमा कुनै ठोस प्रमाण र कानुनी आधार नभएको ठहर गर्दै पूर्ण रूपमा सफाइ दिएको छ। अदालतको निर्णयसँगै बोम्जनमाथि लागेका सबै आरोप खारेज भएका छन् र थुनामुक्त भएका छन्।

अदालतको फैसलापछि केही समयदेखि अन्योल र विवादको विषय बनेको घटनामा स्पष्टता आएको छ। बोम्जनमाथि लगाइएका आरोपहरूबारे अदालतले प्रमाण अभावका कारण दोष पुष्टि हुन नसकेको जनाएको छ।

उक्त निर्णयलाई श्रद्धालु तथा अनुयायीहरूले सत्य र न्यायको जितका रूपमा लिएका छन्। अब गुरुज्यूको आध्यात्मिक कार्य, करुणा र विश्वशान्तिको सन्देश पुनः सक्रिय रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

आरोप लागेपछि केही समयसम्म बोम्जनको गतिविधि विवादमा परेको थियो। अदालतको अन्तिम निर्णयसँगै कानुनी अवस्था स्पष्ट भएको छ।

स्रोत: मैत्री मंगलम, बोधी श्रवन धर्म संघ नेपाल

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.