हेटौंडा–४ मा धमाधम पूर्वाधार विकास : सडक, विद्यालय भवनदेखि जेष्ठ नागरिक आश्रय कक्षसम्मका योजना अघि बढ्दै

हेटौंडा,बैशाख २४ गते । हेटौंडा उपमहानगरपालिका–४ मा विभिन्न पूर्वाधार विकासका योजना तीव्र रूपमा अगाडि बढिरहेका छन् । वडा अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत वडामा सञ्चालनमा रहेका तथा प्रक्रियामा रहेका योजनाबारे जानकारी गराउँदै विकासलाई साझा विषयका रूपमा लिन आग्रह गरेका छन्।

वडा अध्यक्ष सिग्देलले “हामी काममा विश्वास गर्छौं, विकास जनताका लागि हो, विकासमा राजनीति नगरौं” भन्ने सन्देशसहित वडामा शिक्षा, स्वास्थ्य, खेलकुद, भाषा–संस्कृति, महिला, बालबालिका, अपाङ्गता, मुस्लिम, दलित तथा जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर योजनाहरू अघि बढाइएको बताएका छन्।

उनका अनुसार रजतजयन्ति सडक निर्माण कार्य हाल निर्माण सामग्री अभावका कारण केही प्रभावित भए पनि सम्बन्धित कार्यालय र निर्माण व्यवसायीसँग समन्वय गरेर काम तत्काल अघि बढाउन पहल भइरहेको छ। त्यस्तै हुप्र पूर्वी क्षेत्र तथा वडा प्रहरी कार्यालय अगाडिको सडक निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको जनाइएको छ।

श्रमिक माध्यमिक विद्यालयमा निर्माणाधीन चार तले २४ कोठे भवन र भुटनदेवी माध्यमिक विद्यालयको प्राविधिक भवनको दोस्रो तला निर्माण कार्य पनि धमाधम भइरहेको सिग्देलले बताएका छन्।

कर्रा नदी कटान नियन्त्रणका लागि गर्दाेही फनडेरी पछाडि ढुङ्गाको बाँध निर्माण भइरहेको छ भने गिरी टोलभित्र पानी जम्ने समस्यालाई समाधान गर्न सडक स्तरीकरणको काम समेत अघि बढाइएको छ।

त्यसैगरी, क्रियापुत्री भवन तथा सामाजिक संस्कार समिति गर्दाेहीको पर्खाल र परिसर निर्माण कार्य जारी रहेको छ। हुप्र चौरमा जेष्ठ नागरिकको मागअनुसार आश्रय कक्ष निर्माण भइरहेको र उक्त क्षेत्रलाई खुला, सफा तथा सुन्दर लोकतान्त्रिक चौर तथा पार्कका रूपमा विकास गर्ने लक्ष्य राखिएको वडा कार्यालयले जनाएको छ।

वडाले आगामी दिनमा थप योजनाहरू पनि अघि बढाउने तयारी गरेको छ। सूर्यचोकदेखि कर्रा चोकसम्म ढलसहित सडक स्तरीकरण, प्रजातान्त्रिक पथ क्षेत्रमा ढलसहित सडक स्तरीकरण, सृजना टोलमा ढल निर्माण तथा अजरअम्मर रोडको पेटी स्तरीकरणका लागि बोलपत्र प्रक्रिया अगाडि बढाइएको छ।

प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको पहलमा लाङ्गाली चोकदेखि भुवनेश्वर पथसम्म सडक स्तरीकरण, पशुपति मन्दिरदेखि पारिजात पथसम्म पेटी निर्माण तथा भुवनेश्वर पथदेखि चिसापानी भैरव रोडसम्म पेटी निर्माणको योजना समेत अघि बढाइएको जनाइएको छ।

यसैबीच, उपमहानगरपालिकाको गौरव योजनाअन्तर्गत भुटनदेवी माध्यमिक विद्यालयमा १२ कोठे भवन निर्माण तथा हेटौंडा उपमहानगरपालिका र सडक बोर्डको सहकार्यमा विभिन्न सडक कालोपत्रे तथा मर्मतका योजना सञ्चालन हुने भएका छन्।

वडा अध्यक्ष सिग्देलले संघीय सरकार, बागमती प्रदेश सरकार, नगर प्रमुख मिना कुमारी लामा तथा कार्यपालिकाका सदस्यहरूलाई विकास निर्माणमा सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडा–४ मा धमाधम पूर्वाधार विकास : सडक, विद्यालय भवनदेखि जेष्ठ नागरिक आश्रय कक्षसम्मका योजना अघि बढ्दै

भाषिक विविधताको सम्मान गर्दै बागमतीमा भाषा दिवस मनाइँदै, मुख्यमन्त्री बानियाद्वारा शुभकामना व्यक्त

हेटौंडा–४ मा धमाधम पूर्वाधार विकास : सडक, विद्यालय भवनदेखि जेष्ठ नागरिक आश्रय कक्षसम्मका योजना अघि बढ्दै

मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला क्षेत्रमा ढुंगा झरेपछि अवरुद्ध सडक पुनः दुवैतर्फ सञ्चालन

हेटौंडा–४ मा धमाधम पूर्वाधार विकास : सडक, विद्यालय भवनदेखि जेष्ठ नागरिक आश्रय कक्षसम्मका योजना अघि बढ्दै

हेटौंडा–४ मा धमाधम पूर्वाधार विकास : सडक, विद्यालय भवनदेखि जेष्ठ नागरिक आश्रय कक्षसम्मका योजना अघि बढ्दै

हेटौंडा–४ मा धमाधम पूर्वाधार विकास : सडक, विद्यालय भवनदेखि जेष्ठ नागरिक आश्रय कक्षसम्मका योजना अघि बढ्दै

सुकुम्बासी व्यवस्थापन अभियानप्रति श्रम संस्कृति पार्टीको आपत्ति, “संविधानविपरीत कदम तत्काल रोक्नुपर्ने”

हेटौंडा–४ मा धमाधम पूर्वाधार विकास : सडक, विद्यालय भवनदेखि जेष्ठ नागरिक आश्रय कक्षसम्मका योजना अघि बढ्दै

शिवम् सिमेन्ट उद्योगविरुद्ध स्थानीय आक्रोश: जनस्वास्थ्यमा खेलवाड गरेको आरोप, सार्वजनिक सुनुवाइको घोषणा

हेटौंडा–४ मा धमाधम पूर्वाधार विकास : सडक, विद्यालय भवनदेखि जेष्ठ नागरिक आश्रय कक्षसम्मका योजना अघि बढ्दै

कैलास गाउँपालिकाद्वारा हावाहुरी–चट्याङबाट भएको क्षतिको विवरण ३ दिनभित्र पेश गर्न आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.