“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन, दीर्घकालीन रूपमा किफायती बाइक’ : सञ्चालक”

हेटौंडा,बैशाख २६ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थाना भर्याङमा ट्रायम्फ मोटरसाइकलको आधिकारिक सोरुम सञ्चालनमा आउने भएको छ। सोरुम उद्घाटनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलन मार्फत कम्पनीका सञ्चालकले सो जानकारी दिएका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै सञ्चालकले नेपालमा ट्रायम्फ मोटरसाइकलको आधिकारिक विक्रेताका रूपमा हाल दुई स्थान मात्र रहेको जानकारी दिए। उनका अनुसार पूर्वको इटहरी र मकवानपुरको हेटौंडामा आधिकारिक बिक्री केन्द्र सञ्चालनमा रहेका छन्।

सञ्चालकले “४०० सिसिको बाइक भएकाले महँगो मात्र भन्ने धारणा सही होइन, यसको प्रविधि, माइलेज र दीर्घकालीन खर्चको हिसाबले यो निकै किफायती मोटरसाइकल हो,” भन्दै ट्रायम्फ बाइकको विशेषताबारे जानकारी गराए।

नेपालमा ट्रायम्फ मोटरसाइकलको बिक्री वितरण सुरु भएको करिब तीन वर्ष पुगेको जनाउँदै उनले हाल नेपालमा तीन प्रकारका भेरियन्ट उपलब्ध रहेको बताए। ट्रायम्फ ब्रिटिस ब्रान्ड भए पनि हाल दक्षिण एसियाली बजारलाई लक्षित गर्दै बजाज कम्पनीसँग सहकार्य गरेर उत्पादन विस्तारको योजना अघि बढाइएको उनको भनाइ थियो।

उनका अनुसार बाइकको ग्राउन्ड क्लियरेन्स १७० देखि १९० एमएमसम्म रहेको छ। हिलो, पानी तथा अप्ठ्यारो सडक अवस्थामा समेत सहज रूपमा चलाउन सकिने दाबी गर्दै उनले कम्पनीले प्रतिघण्टा करिब २८ किलोमिटरसम्म माइलेज दिने जनाएको बताए।

सोरुम मार्फत एक्सचेन्ज अफरको सुविधा उपलब्ध गराइने र फाइनान्स व्यवस्थापन हुलास कम्पनीमार्फत गरिने जानकारी पनि दिइयो।

ट्रायम्फ मोटरसाइकलको सुरुवाती मूल्य ६ लाख ७० हजार रुपैयाँदेखि सुरु हुने र भेरियन्टअनुसार मूल्य फरक पर्ने कम्पनीले जनाएको छ।

“मकवानपुर जिल्लामा बजार क्षेत्रबाट स्थानान्तरण भएर अहिलेको आवश्यकताअनुसार नयाँ स्थानमा सेवा दिन थालेका छौं,” सञ्चालकले भने, “ट्रायम्फ मन पराउने ग्राहकहरूले एकपटक सोरुममा आएर अवलोकन गरिदिनुहुने अपेक्षा गरेका छौं।”

दिउँसो ३ बजेका लागि तय गरिएको पत्रकार सम्मेलन विशेष कारणवश करिब ४ बजेबाट सुरु भएको थियो। कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.