हेटौँडा–४ मा कक्षा ९ का विद्यार्थीलाई सीपमूलक तालिम, ७५ विद्यार्थी सहभागी

हेटौँडा,बैशाख ३१ गते । हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले आफ्नो वडाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै सीपमूलक तालिम सञ्चालन गरेको छ ।

वडाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा ९ का ७५ जना विद्यार्थीलाई व्यवसायिक सीप प्रदान गर्ने उद्देश्यले कपाल काट्ने (हेयर कटिङ), व्युटी पार्लर तथा इलेक्ट्रिक सम्बन्धी तालिम सुरु गरिएको हो । उक्त तालिमको संयुक्त रूपमा बिहीबार उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष नवीन सिग्देलले विद्यार्थीलाई विद्यालय तहदेखि नै सीपसँग जोड्न आवश्यक रहेको बताए । उनले पढाइसँगै व्यवहारिक र व्यवसायिक ज्ञानले भविष्यमा आत्मनिर्भर बन्न सहयोग पुग्ने उल्लेख गर्दै सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई समेटेर तालिम सञ्चालन गरिएको जानकारी दिए ।

उनका अनुसार जेठ र असार महिनाभर शनिबार र आइतबारको सार्वजनिक बिदाका दिन तालिम सञ्चालन गरिनेछ ।

कार्यक्रममा भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्य प्रसाद घिमिरेले वडा कार्यालयले सञ्चालन गरेको सीपमूलक कार्यक्रम महत्वपूर्ण र उदाहरणीय रहेको बताए । उनले तालिमलाई प्रभावकारी र उपयोगी बनाउन विद्यार्थीलाई सिकेका सीप व्यवहारमा उतार्न आग्रह गरे ।

कार्यक्रमका सभाध्यक्ष तथा शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष एवं श्रमिक माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले यस्ता प्रकारका कार्यक्रम देशमै नयाँ अभ्यास हुन सक्ने बताए । उनले विद्यार्थीहरूमा तालिम प्रति उत्साहजनक चासो देखिएको उल्लेख गरे ।

उद्घाटन कार्यक्रममा वडा कार्यालयका सचिव राम प्रसाद गुरागाईं, भुटनदेवी माविका सह-प्रधानाध्यापक भरत पोखरेल, वेदराज कोइराला तथा प्रशिक्षकहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौँडा–४ मा कक्षा ९ का विद्यार्थीलाई सीपमूलक तालिम, ७५ विद्यार्थी सहभागी

हेटौंडा–४ लाई कच्ची सडक, खाल्टाखुल्टी र ढुवानमुक्त बनाउने अभियान तीव्र, विभिन्न सडक स्तरीकरणका लागि बोलपत्र आह्वान

हेटौँडा–४ मा कक्षा ९ का विद्यार्थीलाई सीपमूलक तालिम, ७५ विद्यार्थी सहभागी

मूल्य समायोजन नगरे देशभरका निर्माण कार्य बन्द हुने निर्माण व्यवसायी सङ्घ मकवानपुरको चेतावनी

हेटौँडा–४ मा कक्षा ९ का विद्यार्थीलाई सीपमूलक तालिम, ७५ विद्यार्थी सहभागी

सिवम सिमेन्ट उद्योगको प्रदूषणविरुद्ध जेठ ३ गते सार्वजनिक सुनुवाइ, ‘जनताको स्वास्थ्यमा खेलवाड स्वीकार्य छैन’

हेटौँडा–४ मा कक्षा ९ का विद्यार्थीलाई सीपमूलक तालिम, ७५ विद्यार्थी सहभागी

हेटौँडा–४ मा कक्षा ९ का विद्यार्थीलाई सीपमूलक तालिम, ७५ विद्यार्थी सहभागी

हेटौँडा–४ मा कक्षा ९ का विद्यार्थीलाई सीपमूलक तालिम, ७५ विद्यार्थी सहभागी

हेटौंडा उपमहानगरपालिका–१३ स्थित श्री कालिका आधारभूत विद्यालयको १२ कोठे नयाँ भवन शिलान्यास

हेटौँडा–४ मा कक्षा ९ का विद्यार्थीलाई सीपमूलक तालिम, ७५ विद्यार्थी सहभागी

मकवानपुरका १३ ‘४ जीपीए’ विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिका द्वारा सम्मान

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.