सिवम सिमेन्ट उद्योगको प्रदूषणविरुद्ध जेठ ३ गते सार्वजनिक सुनुवाइ, ‘जनताको स्वास्थ्यमा खेलवाड स्वीकार्य छैन’

हेटौँडा,बैशाख ३१ गते । हेटौंडा–१७ स्थित शिवम सिमेन्ट उद्योगबाट निस्कने धुलो, धुवाँ तथा प्रदूषणका कारण स्थानीय नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिने भएको छ।

“जनताको पक्षमा न्यायको आवाज” अभियान अन्तर्गत सामाजिक अभियान्ता तथा अभियानका अध्यक्ष विशालराज महतले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै उद्योगबाट फैलिएको प्रदूषणका कारण विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भइरहेको बताएका छन्।

उनले जनताको स्वास्थ्यभन्दा उद्योगको पहुँच ठूलो हुन नसक्ने उल्लेख गर्दै नागरिक बिरामी भइरहँदा सम्बन्धित निकाय मौन बस्नु दुःखद र आपत्तिजनक भएको बताएका छन्।

यसै विषयलाई लिएर आउँदो जेठ ३ गते दिउँसो १ बजे हेटौंडा–६ स्थित सिटी पार्टी प्यालेस मा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिने जनाइएको छ। कार्यक्रममा सम्बन्धित सरकारी निकाय, उद्योगका प्रतिनिधि, राजनीतिक दल, माननीयहरू, मुख्यमन्त्री कार्यालय वातावरण शाखा, नागरिक समाज तथा सरोकारवालाहरूको सहभागिता रहने बताइएको छ।

सार्वजनिक सुनुवाइ मार्फत स्थानीय बासिन्दाका गुनासा, पीडा र प्रश्न प्रत्यक्ष रूपमा राखिने र समस्या समाधानका लागि दबाब सिर्जना गरिने अभियान पक्षको भनाइ छ।

अभियानका अध्यक्ष महतले “जनताले सास फेर्न पाउनुपर्छ, सफा वातावरण पाउनुपर्छ र सुरक्षित भविष्य पाउनुपर्छ” भन्दै समस्या समाधानतर्फ गम्भीर पहल नभए खबरदारीका कार्यक्रम अझ कडा बनाइने चेतावनी दिएका छन्।

उनले जनताको प्रश्नमा सम्बन्धित पक्ष जनता माझ आएर जवाफदेही हुनुपर्नेमा समेत जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सिवम सिमेन्ट उद्योगको प्रदूषणविरुद्ध जेठ ३ गते सार्वजनिक सुनुवाइ, ‘जनताको स्वास्थ्यमा खेलवाड स्वीकार्य छैन’

हेटौंडा–४ लाई कच्ची सडक, खाल्टाखुल्टी र ढुवानमुक्त बनाउने अभियान तीव्र, विभिन्न सडक स्तरीकरणका लागि बोलपत्र आह्वान

सिवम सिमेन्ट उद्योगको प्रदूषणविरुद्ध जेठ ३ गते सार्वजनिक सुनुवाइ, ‘जनताको स्वास्थ्यमा खेलवाड स्वीकार्य छैन’

मूल्य समायोजन नगरे देशभरका निर्माण कार्य बन्द हुने निर्माण व्यवसायी सङ्घ मकवानपुरको चेतावनी

सिवम सिमेन्ट उद्योगको प्रदूषणविरुद्ध जेठ ३ गते सार्वजनिक सुनुवाइ, ‘जनताको स्वास्थ्यमा खेलवाड स्वीकार्य छैन’

सिवम सिमेन्ट उद्योगको प्रदूषणविरुद्ध जेठ ३ गते सार्वजनिक सुनुवाइ, ‘जनताको स्वास्थ्यमा खेलवाड स्वीकार्य छैन’

सिवम सिमेन्ट उद्योगको प्रदूषणविरुद्ध जेठ ३ गते सार्वजनिक सुनुवाइ, ‘जनताको स्वास्थ्यमा खेलवाड स्वीकार्य छैन’

हेटौँडा–४ मा कक्षा ९ का विद्यार्थीलाई सीपमूलक तालिम, ७५ विद्यार्थी सहभागी

सिवम सिमेन्ट उद्योगको प्रदूषणविरुद्ध जेठ ३ गते सार्वजनिक सुनुवाइ, ‘जनताको स्वास्थ्यमा खेलवाड स्वीकार्य छैन’

हेटौंडा उपमहानगरपालिका–१३ स्थित श्री कालिका आधारभूत विद्यालयको १२ कोठे नयाँ भवन शिलान्यास

सिवम सिमेन्ट उद्योगको प्रदूषणविरुद्ध जेठ ३ गते सार्वजनिक सुनुवाइ, ‘जनताको स्वास्थ्यमा खेलवाड स्वीकार्य छैन’

मकवानपुरका १३ ‘४ जीपीए’ विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिका द्वारा सम्मान

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.