बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

बस्तिपुर,जेठ १३ गते। बस्तिपुर जेसिज मनहरीले नेपाल जेसिजका निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान गरेको छ । शाखा भ्रमणका क्रममा मनहरी आइपुगेका भण्डारीलाई भेटघाट तथा स्वागत कार्यक्रम मार्फत सम्मान गरिएको हो ।

हेटौंडा–४ स्थित बाइपास रोडको कफी बारमा आयोजित कार्यक्रममा शाखाका पदाधिकारी तथा सदस्यहरूले शाखासँग सम्बन्धित समस्या, चुनौती तथा जिज्ञासाहरू राखेका थिए । सहभागीहरूले संगठन सुदृढीकरण, सदस्यता विस्तार, नेतृत्व विकास तथा आगामी कार्यक्रम सञ्चालनका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीले शाखाबाट उठाइएका समस्या तथा जिज्ञासाको जवाफ दिँदै समाधानका सम्भावित उपायहरूबारे सुझाव दिएका थिए । उनले शाखा र नेपाल जेसिजबीच समन्वयकारी पुलको भूमिका निर्वाह गर्दै संगठनलाई थप सशक्त बनाउन आफू प्रतिबद्ध रहने बताए ।

बस्तिपुर जेसिज मनहरी वर्ष २०२६ का अध्यक्ष जेसि सुरज बर्तौलाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वर्ष २०२४ का अध्यक्ष जेसि अमृत पाठक तथा वर्ष २०२५ का अध्यक्ष जेसि सन्तोष उप्रेती लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जेसिज अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.