हेटौंडा,जेठ १५ गते। हेटौंडा उपमहानगरपालिका–१० का वडाध्यक्ष फुर्बा दोर्जे लामाले गणतन्त्र दिवस २०८३ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण वडावासी, नगरवासी तथा देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका हुन् ।
उनले नेपाली जनताको लामो संघर्ष, बलिदान र त्यागबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै यस व्यवस्थाले नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय तथा विकासको मार्ग प्रशस्त गरेको बताएका छन् ।
वडाध्यक्ष लामाले गणतन्त्र दिवसले राष्ट्रिय एकता, आपसी सद्भाव तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई थप मजबुत बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
साथै उनले लोकतन्त्र तथा गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात तथा अज्ञात शहीदहरूप्रति सम्मान व्यक्त गरेका छन् ।














