हेटौंडामा नेवा फुड फेस्टिबल भव्य उद्घाटन, नेवारी परिकार र संस्कृतिप्रति आकर्षण

हेटौंडा,जेठ १५ गते। हेटौंडा उपमहानगरपालिका वडा नं. २ संगमचोकमा तीन दिने “नेवा फुड फेस्टिबल” भव्य रूपमा सुरु भएको छ। फेस्टिबल जेठ १५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ।

स्थानीय नेवारी परिकार, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको फेस्टिबलमा दर्शक तथा खानाका पारखीहरूको उल्लेखनीय सहभागिता रहेको छ।

 

फेस्टिबलमा योमरी, चतामरी, बारा, छोइला, सामायबजी लगायतका परम्परागत नेवारी परिकारका स्टलहरू राखिएका छन्। आगन्तुकहरूले विभिन्न नेवारी खानाको स्वाद लिनुका साथै नेवारी संस्कृतिसँग पनि नजिकबाट परिचित हुने अवसर पाएका छन्।

कार्यक्रममा नेवारी सांस्कृतिक नृत्य, झाँकी प्रदर्शन तथा स्थानीय कला–संस्कृतिसम्बन्धी विभिन्न प्रस्तुतीहरूले थप आकर्षण थपेका छन्। आयोजकका अनुसार फेस्टिबलले नेवारी संस्कृति नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग गर्ने विश्वास गरिएको छ।

फेस्टिबल उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले नेवारी संस्कृति नेपालको मौलिक पहिचान भएको बताउँदै यसको संरक्षण आवश्यक रहेको बताएकी छन्। यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनसँगै स्थानीय परिकारको प्रचारमा पनि टेवा पुग्ने उनले बताइन्।

तीन दिनसम्म सञ्चालन हुने फेस्टिबलमा सांस्कृतिक कार्यक्रम, परम्परागत परिकार प्रदर्शनी तथा मनोरञ्जनात्मक गतिविधिहरू निरन्तर सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.