नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको समय जेठ २८ गते मध्यरातसम्म थपियो

ललितपुर,जेठ २१ गते। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि अन्तिम पटकका लागि जेठ २८ गते राति १२ बजेसम्म कायम गरेको छ।

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बिहीबार केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेको थियो।

बैठकले देशभर क्रियाशील सदस्यता अद्यावधिकको कार्य उत्साहजनक रूपमा अघि बढिरहेको निष्कर्ष निकाल्दै विभिन्न तहबाट समय अपुग भएको जानकारी प्राप्त भएकाले सदस्यता नवीकरणको अवधि थप गर्ने निर्णय गरेको हो।

समितिका अनुसार पार्टीका वडा, पालिका, जिल्ला तथा अन्य तहबाट सदस्यता अद्यावधिकका लागि थप समय आवश्यक रहेको सुझाव आएपछि समयसीमा जेठ २८ गते राति १२ बजेसम्म विस्तार गरिएको हो।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिले तोकिएको अवधिभित्र अनिवार्य रूपमा आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्न सम्बन्धित सबै सदस्यलाई आग्रह गरेको छ। समितिले यो समयावधि अन्तिम पटकका लागि थपिएको भन्दै निर्धारित समयभित्र प्रक्रिया पूरा गर्न विशेष अनुरोध गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.