‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौँडा, असार २७ गते । सेवा, सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले हेटौँडा उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै जनताका गम्भीर सवाललाई बेवास्ता गरिएको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महतले बजेट सार्वजनिक गरिसकेपछि आयोजना गरिएको सार्वजनिक सुनुवाइ औपचारिकतामा मात्र सीमित भएको टिप्पणी गरेका छन्। जनताले उठाएका गम्भीर विषयमा स्पष्ट जवाफ नदिई कार्यक्रम सम्पन्न गरिनु सार्वजनिक सुनुवाइको उद्देश्यविपरीत भएको उनको भनाइ छ।

महतले शिवम् सिमेन्ट उद्योगबाट फैलिने धुलोका कारण स्थानीय बासिन्दा तथा विद्यालयमा अध्ययनरत बालबालिकाले दैनिक रूपमा समस्या भोगिरहेको उल्लेख गर्दै यस विषयमा सार्वजनिक सुनुवाइका लागि पत्र बुझाउँदा र कार्यक्रमअघि सम्बन्धित पक्षलाई सम्पर्क गर्दा पनि जिम्मेवार निकायको उपस्थिति नभएको दाबी गरेका छन्।

त्यसैगरी, हरेक वर्ष फोहोरको डम्पिङ साइटमा आगलागी हुने समस्या, फोहोर संकलन गर्ने सवारीबाट दुर्गन्ध र फोहोर चुहिने अवस्था, फोहोर व्यवस्थापन शुल्क, सार्वजनिक जमिन संरक्षण, आधारबिनै बालमैत्री तथा खुला दिसामुक्त क्षेत्र घोषणा, लागुऔषध दुव्र्यसन नियन्त्रणका प्रभावकारी कार्यक्रमको अभाव तथा हेटौँडा–१० मा निर्माण गरिएको वधशाला सञ्चालनमा नआएको लगायतका विषयमा पनि उपमहानगरले आवश्यक पहल नगरेको उनको आरोप छ।

महतका अनुसार उपमहानगर नेतृत्वले यसअघि फोहोरको डम्पिङ साइट स्थानान्तरण गर्ने, फोहोर चुहाउने सवारी हटाउने र फोहोर संकलन शुल्क घटाउने प्रतिबद्धता जनाएको थियो। तर ती प्रतिबद्धता अझै कार्यान्वयन नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

उनले असार मसान्तपछि पनि ती विषय कार्यान्वयन नभए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्। उनका अनुसार आन्दोलन औपचारिक विरोधमा मात्र सीमित नहुने र जनताका समस्या समाधान नभएसम्म निरन्तर जारी रहनेछ।

महतले जनताको धैर्यलाई कमजोरीका रूपमा नलिन आग्रह गर्दै अब आश्वासनभन्दा कार्यान्वयन आवश्यक रहेको बताएका छन्।

यद्यपि, महतले उठाएका विषय तथा आरोपबारे हेटौँडा उपमहानगरपालिकाको आधिकारिक प्रतिक्रिया सार्वजनिक हुन बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.