श्रम संस्कृति पार्टी मकवानपुरले नौ पालिकामा इन्चार्ज तोक्यो

मकवानपुर, भदौ ९ गते । श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला कार्यसमितिले जिल्लाअन्तर्गतका पालिका तथा हेटौंडा उपमहानगरपालिकामा संगठन विस्तारका लागि कार्यवाहक इन्चार्जको जिम्मेवारी तोकेको छ।

जिल्ला इन्चार्ज सुन्दर लामाका अनुसार बागमती गाउँपालिका बाहेक अरु आठ स्थानीय तहमा इन्चार्जको जिम्मेवारी बाँडफाँट गरिएको हो। जिम्मेवारी पाउनेहरूमा थाहा नगरपालिका समिति अध्यक्ष विष्णु थिङ, राक्सिराङ गाउँपालिका समिति अध्यक्ष सीताराम प्रजा, बकैया गाउँपालिका समिति अध्यक्ष दीपक घिमिरे, कैलाश गाउँपालिका समिति अध्यक्ष डबल तितुङ, भीमफेदी गाउँपालिका समिति अध्यक्ष मदनसिंह सिन्तान, मनहरी गाउँपालिका समिति अध्यक्ष पदम बहादुर थिङ, मकवानपुरगढी गाउँपालिका समिति अध्यक्ष लक्ष्मण थिङ, इन्द्रसरोवर गाउँपालिका समिति अध्यक्ष विगिन्द्र थोकर र हेटौंडा उपमहानगरपालिका समिति अध्यक्ष दीपक सिंह घलान रहेका छन्।

पार्टीले जिम्मेवारी प्राप्त गरेका सबै इन्चार्जलाई आजकै मितिदेखि बढीमा १०० दिनभित्र सम्बन्धित पालिका तथा वडास्तरीय संगठन गठन गरी संगठन विस्तारको काम अघि बढाउन निर्देशन दिएको छ।

जिल्ला अध्यक्ष युनिस लामा सिन्तानले संगठन गठन हुन बाँकी रहेको बागमती गाउँपालिकामा भने भोलि नै समिति अध्यक्ष तथा इन्चार्जको जिम्मेवारी तोकिने जानकारी दिएका छन्।

पार्टीले पालिका तथा वडा तहसम्म संगठन विस्तार गर्दै स्थानीयस्तरमा आफ्नो गतिविधिलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.