२०८३ भाद्र ९, मंगलवार २०:५८
२०८३ भाद्र ९, मंगलवार २०:५८
मकवानपुर, भदौ ९ गते । श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला कार्यसमितिले जिल्लाअन्तर्गतका पालिका तथा हेटौंडा उपमहानगरपालिकामा संगठन विस्तारका लागि कार्यवाहक इन्चार्जको जिम्मेवारी तोकेको छ। जिल्ला इन्चार्ज सुन्दर लामाका अनुसार बागमती गाउँपालिका बाहेक अरु आठ स्थानीय तहमा इन्चार्जको जिम्मेवारी बाँडफाँट गरिएको हो। जिम्मेवारी पाउनेहरूमा थाहा नगरपालिका समिति अध्यक्ष विष्णु थिङ, राक्सिराङ गाउँपालिका समिति अध्यक्ष सीताराम प्रजा, बकैया गाउँपालिका समिति अध्यक्ष दीपक घिमिरे, कैलाश गाउँपालिका समिति अध्यक्ष डबल तितुङ, भीमफेदी गाउँपालिका समिति अध्यक्ष मदनसिंह सिन्तान, मनहरी गाउँपालिका समिति अध्यक्ष पदम बहादुर थिङ, मकवानपुरगढी गाउँपालिका समिति अध्यक्ष लक्ष्मण थिङ, इन्द्रसरोवर गाउँपालिका समिति अध्यक्ष विगिन्द्र थोकर र हेटौंडा उपमहानगरपालिका समिति अध्यक्ष दीपक सिंह घलान…