ललितपुरमा सार्वजनिक जग्गालाई अनैतिक ढङ्गबाट हिनामिना गरेको आरोपमा ८ जना व्यक्ति पक्राउ

ललितपुर। ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका ४ स्थित इमाडोलमा पर्ने कर्मनासा खोला किनारको सार्वजनिक जग्गालाई अनैतिक ढङ्गबाट हिनामिना गरेको आरोपमा आठ जना व्यक्तिलाई पक्राउ गरेका छन्।

सार्वजनिक जग्गालाई अनैतिक तरिकाले किर्ते कागज बनाएर जग्गाको साइजलाई पाँच आना बढी बनाएर एक रोपनी २५ आना बढी कायम दर राखी किनबेच गरेको आरोपमा ती व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरिएको छ।

पक्राउ परेका आठैजना व्यक्तिलाई अनुसन्धान अघि बढाउन प्रक्रिया अगाडि थालिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। जग्गा प्रकरणमा पक्राउ परेका व्यक्तिहरूको नाम भने प्रहरीले खुलासा गरिएको छैन। यसै केससँग सम्बन्धित रहेर अन्य थप नयाँ व्यक्तिहरू पक्रिने पर्ने भएको हुनाले यस प्रकरणमा जोडिएको व्यक्तिहरूको नाम भने अहिले तत्काल नखुलाएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका सबै व्यक्तिहरूलाई किर्ते कागज बनाएको कसुरमा ललितपुर जिल्ला अदालतबाट म्याद थप लिएर अनुसन्धान प्रक्रिया बढाएको प्रहरीले जानकारी दिएको छ। कर्मनासा खोलाले धार परिवर्तन गरेको बगरलाई पक्राउ परेका आठैजना व्यक्तिहरूले आफ्नो नाममा ल्याएर अनैतिक ढङ्गबाट हिनामिना गरेको उनीहरुमाथि आरोप रहेको छ।

यो कसुरमा हिनामिना भएको जग्गाको विवरण कति कुन मात्रामा रहेको छ भन्नेबारे विस्तृत अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। घटनाको स्वरूप पूर्णरूपमा नआएसम्म यो केसलाई अनुसन्धान अगाडि प्रक्रिया बढिरहने पनि प्रहरीले उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.