गणतन्त्रको विरुद्धमा उर्लाबारीमा बिहीबार साँझ विरोध प्रदर्शन

उर्लाबारी। गणतन्त्रको विरुद्धमा उर्लाबारीमा बिहीबार साँझ विरोध प्रदर्शन गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उर्लाबारी नगर समिति, नागरिक बचाउ अभियान र ॐ कार उर्लाबारी परिवारको आयोजनामा बरगाछी चोकदेखि उर्लाबारी मुख्य चोकसम्म राँके जुलुस निकालिएको हो ।

प्रदर्शनमा सहभागी राजावादी समर्थकहरूले “गणतन्त्र मुर्दावाद” र “राजसंस्था जिवित गर” जस्ता नारा लगाएका थिए। उनीहरूले वर्तमान शासन व्यवस्थाप्रति असन्तोष जनाउँदै देशका प्रमुख नेताहरूको फोटा जलाएका थिए। विरोध प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को फोटो समेत जलाइएको थियो।

प्रदर्शनमा सहभागीहरूले वर्तमान राजनीतिक प्रणाली असफल भएको भन्दै नेपालमा पुनः राजसंस्था स्थापना गर्नुपर्ने माग राखेका थिए। उनीहरूले गणतन्त्र स्थापनापछि देश झन् आर्थिक संकटमा परेको,भ्रष्टाचार बढेको र जनताले स्थिरता तथा समृद्धि नपाएको दाबी गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

गणतन्त्रको विरुद्धमा उर्लाबारीमा बिहीबार साँझ विरोध प्रदर्शन

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

गणतन्त्रको विरुद्धमा उर्लाबारीमा बिहीबार साँझ विरोध प्रदर्शन

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

गणतन्त्रको विरुद्धमा उर्लाबारीमा बिहीबार साँझ विरोध प्रदर्शन

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

गणतन्त्रको विरुद्धमा उर्लाबारीमा बिहीबार साँझ विरोध प्रदर्शन

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

गणतन्त्रको विरुद्धमा उर्लाबारीमा बिहीबार साँझ विरोध प्रदर्शन

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

गणतन्त्रको विरुद्धमा उर्लाबारीमा बिहीबार साँझ विरोध प्रदर्शन

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.