काठमाडौँ। अन्नपूर्ण मिडिया नेटवर्क प्रा.लीका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले राजावादी कार्यकर्ताहरूले गरेको आन्दोलन साह्रै नै निन्दनीय खेतपूर्ण अनि आतंकवादी गतिविधि रहेको कुरा बताएको छ। उनले आफ्नो कार्यालयमा गरेको तोडफोड र आगजनीको घटनाप्रति उदृत गर्दै यस्तो कुरा बताएको हो।
संविधानीय प्रवद्ध अधिकारभित्र रहेर गरिएको कुनै पनि आन्दोलन भएको खण्डमा सबैको साथ र समर्थन नै हुन्छ। तर आज जसरी अन्नपूर्ण नेटवर्क र अन्य व्यवसायी प्रतिष्ठानहरूमा यो घटना भयो। यो एउटा सरासर आतङ्कवादी गतिविधि भएको जस्तै देखियो,उनले भने।
अन्नपूर्ण मिडिया नेटवर्क कार्यालयमा रहेका पत्रकार साथीहरू र अन्य कर्मचारीहरूलाई ज्यान मार्ने उद्देश्यका साथ एउटा हमला भएको अध्यक्ष थापाले सञ्चारकर्मीहरूमाझ जानकारी दिए।
अध्यक्ष थापा भन्छन्; “अन्नपूर्ण मिडिया नेटवर्क र अन्य मिडियाहरुले लोकतन्त्रको पक्षमा आफ्नो जिउ ज्यान बाजी राखेर निरन्तर कलम चलाइरहेको अवस्था छ। अन्नपूर्ण मिडिया लगायत अन्य मिडियाहरूले जसले देशको प्रबद्ध संविधान,शासन व्यवस्था,लोकतान्त्रिक पद्धति,राष्ट्रिय स्वाधीनता र राष्ट्रिय स्वतन्त्रतालाई अक्षुण राख्ने अनि सार्वभौम सत्तामा सधैँ सदैव अटल विश्वास राखेर हरेक मिडियाहरूले आफ्नो अभियान चलाइरहेको अवस्था छ।
यस्ता घटनाहरूले कुनै पनि मिडिया वा अन्नपूर्ण मिडिया कहिले पनि पछि हटेर डराउने वालामा छैन। कुनै पनि अवस्थाको प्रतिवाद गरेर कलमद्वारा हाम्रा आफ्ना पत्रकार साथीहरू अगाडि बढ्ने कुरामा उनले जोड दिएका थिए।
यो देश एउटा संवैधानिक लोकतान्त्रिक अधिकार बोकेर बढिरहेको एउटा मुलुक हो। यहाँ राम्रो नियतवश काम गरिएको खण्डमा कामका अवसरहरु धेरै रहेको छ। त्यसकारण तपाईँ आफैँ पहिला आफ्नो देशप्रति इमान्दार रहनुस्,उनले भने।
उश्रृङ्खल कार्य कुनै पनि भएको खण्डमा देशलाई पक्कै हानि पुर्याउँछ नै त्यसकारण हामी इमान्दार हुनु जरुरी छ भन्दै सञ्चारकर्मीहरूमाझ अध्यक्ष थापाले आफ्नो विचार उल्लेख गरेका छन्।














