काठमाडौँ। राजावादी प्रदर्शनका क्रममा तिनकुरीमा भएको आन्दोलनमा रिपोर्टिङमा पुगेका एक पत्रकारको मृत्यु भएको छ। तिनकुने स्थित एक घरमा प्रदर्शनकारीले लगाएको आगोमा परी एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
राजावादी प्रदर्शनहरूले निजी घरमा लगाएको आगोमा परी पत्रकार रजकको मृत्यु भएको एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले बताए। उनी विगत पाँच वर्षदेखि सो टेलिभिजनमा क्यामरा पर्सनको रुपमा काम गर्दै आइरहेको पत्रकार थिए।
आज पत्रकार रजत प्रदर्शनकारीहरूले गरेको प्रदर्शनलाई उक्त निजी घरको छतबाट भिडियो शुट गरिरहेको अवस्थामा प्रदर्शनकारीले आगो लगाएपछि उनी सोही घरमा जलेर मृत्यु भएको सम्पादक दाहालले जानकारी दिए।
आगलागी भएको घरबाट पत्रकार रजतको सव निकालेको र उक्त सवलाई पोस्टमार्टमको लागि शिक्षण अस्पताल लगिएको प्रहरी प्रवक्ता डीआइजी दिनेश कुमार आचार्यले जानकारी दिए।














