पत्रकार दिनेश गौतममाथि कुटपिट

काठमाडौँ। शुक्रबार रिपोर्टिङका लागि काठमाडौँको तिनकुने स्थित प्रदर्शनको भएको स्थलमा पुगेका अनलाइन खबरका पत्रकार दिनेश गौतममाथि कुटपिट भएको छ। राजावादीले गरेको प्रदर्शन आन्दोलनलाई रिपोर्टिङ गर्न पुगेका पत्रकार गौतममाथि कुटपिट भएका हुन्।

आन्दोलनकारी राजावादी प्रदर्शनकारीहरूले प्रहरीको अश्रुग्याँस हान्ने हतियार खोसेका बेला पत्रकार गौतमले उक्त फोटो खिचेका थिए। यो एउटा सिआईडी हो भन्दै पत्रकार गौतममाथि उक्त प्रदर्शनकारीहरू उनीमाथि जाई लागेका थिए।

पत्रकार गौतम भन्छन्; प्रदर्शनकारीहरूले प्रहरीको बन्दुक खोसेर कापमा बोकेर हिँडेको बेला मैले सो फोटो खिचेका थिए। त्यसपछि उनीहरू सिधा ममाथि यो एउटा सीआइडी हो भन्दै तिनकुने चौरको डिलमा मलाई धकेलेर लडाइदिएका थिए। त्यस पछि ममाथि कुटपिट गरे।

कुटपिटमा उत्रेका प्रदर्शनकारीहरूले उनको साथमा रहेको मोबाइल खोज्नुको साथै कुटपिट गर्दै उनका खुट्टा भाँचिदिएका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.