समाजवादी मोर्चाद्वारा काठमाडौँमा विशाल जनप्रदर्शन

काठमाडौँ । काठमाडौँमा समाजवादी मोर्चा नेपालको आयोजनामा आज गणतन्त्रको पक्षमा विशाल जनसभा भएको छ । राजतन्त्र भन्दा प्रगतिशील व्यवस्था गणतन्त्रको सम्बर्द्धन गर्दै समाजवाद स्थापनाका लागि अथक प्रयास गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि आयोजना गरिएको जनसभमा मोर्चामा आवद्ध सबै पार्टीले जनमास केन्द्रित गरेको हो ।

शुक्रबार भएको जनप्रदर्शनमा भृकुटीमण्डप वरपराका विभिन्न क्षेत्रबाट र्‍याली सहित सुरु भएको जनप्रदर्शन भृकुटीमण्डपमा पुगेर जनसभामा परिणत भएको हो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी), एकीकृत समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी सहित चार दलिय समाजवादी मोर्चाद्वारा आयोजित जनसभामा हजारौं जनताको सहभागीता रहेको छ । कार्यक्रमको सम्बोधन गर्दै नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालले दस वर्षे जनयुद्धको बलमा १९ दिने जनआन्दोलन पश्चात् अन्त्य गरिएको निरंकुश राजतन्त्र अब नेपाली समाजमा आवश्यक नभएको बताए । त्यस्तै हजारौं सहिदका बलिदान र आम नेपाली जनताको चाहाना अनुरुप स्थापना गरिएको गणतन्त्रको संरक्षण गर्दै सम्बर्द्धन गर्नु सबै नेपाली नागरिकको कर्तव्य भएको बताए ।

त्यस्तै कार्यक्रमको सम्बोधन गर्दै एकीकृत समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विदेशी शक्ति र समर्थनको आडमा नेपाली समाजलाई पश्चगमनतिर धकेल्ने कुचेष्टा  नगर्न राजावादी पक्षधरका पार्टी र शक्तिलाई खबरदारी गरेको छ । साथै कार्यक्रममा बोल्ने क्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव सी)ले घाटमा लगेर सेलाइ सकेको राजतन्त्र पुन बिउँताउने दिवा सपना नदेख्न अनुरोध गरेका छन् । जस्तोसुकै परिस्थिति आइ परे पनि विदेशी इशाराको भरमा नेपाली समाजलाई पश्चगमनतिर धकेल्न खोज्ने प्रतिगमनकारी शक्तिको प्रतिवाद गर्दै गणतन्त्रात्मक नेपाली समाजलाई समाजवाद स्थापना गर्न नेकपा पछि नहट्ने चेतावनी दिएका छन् । साथै नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले पनि २४० वर्षे लामो राजतन्त्रले केहि गर्न नसकेको कुरा जगजाहेर गराउँदै गणतन्त्रको सम्बर्द्धन गर्दै समाजवादको यात्रामा अघि बढ्नुपर्ने बताए  ।

विभिन्न सांस्कृतिक प्रस्तुती सहित भएको कार्यक्रमको सन्चालन नेकपाका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका प्रवक्ता प्रकाण्ड सीले गरेका हुन् भने पम्फा भुसालले गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

समाजवादी मोर्चाद्वारा काठमाडौँमा विशाल जनप्रदर्शन

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

समाजवादी मोर्चाद्वारा काठमाडौँमा विशाल जनप्रदर्शन

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

समाजवादी मोर्चाद्वारा काठमाडौँमा विशाल जनप्रदर्शन

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

समाजवादी मोर्चाद्वारा काठमाडौँमा विशाल जनप्रदर्शन

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

समाजवादी मोर्चाद्वारा काठमाडौँमा विशाल जनप्रदर्शन

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

समाजवादी मोर्चाद्वारा काठमाडौँमा विशाल जनप्रदर्शन

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.