महत्त्वपूर्ण निर्णय गर्दै समाजवादी मोर्चा नेपालको बैठक सम्पन्न

काठमाडौँ । समाजवादी मोर्चा नेपालले पूर्व राजावादी समूहबाट भएको क्षतिको उनीहरुबाटै असुल उपर गरी न्याय दिलाउन सरकारसँग माग गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टी सम्मिलित मोर्चाको आज नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको बैठकले उक्त निर्णय गरेको नेकपाका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले जानकारी दिए ।

प्रकाण्ड सीका अनुसार नेकपाका महासचिव विप्लवको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकले पूर्व राजावादी समूहबाट चैत्र १५ गते भएको क्षति असुल उपर गरी न्याय दिलाउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने निर्णय गरेको छ ।जसले क्षति गराइएको हो उसैबाट पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने भनी बैठकले निर्णय गरेको बताए । साथै जनतालाई सचेत गराउने, युवाहरूलाई संगठित गरेर क्रान्तिको उपलब्धिलाई उल्टाउनेविरुद्ध परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको बताएका छन् ।

त्यसैगरी मोर्चाको उक्त बैठकले गणतन्त्र रक्षाका लागि सबै गणतन्त्र पक्षधरबीच राजनीतिक अन्तरक्रिया गर्ने, जनतालाई जागरुक बनाउने, सचेत बनाएर युवाहरुलाई परिचालन गर्ने निर्णय समेत गरेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.