नेकपा पोलिट व्युरोको बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको पोलिट ब्युरो बैठक आज सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै पार्टीका महासचिव विप्लव सीले वर्तमान समस्याहरुको समाधान पश्चगमन र यथास्थिति नभई नेपाली विशेषताको समाजवाद भएको बताएका छन् ।

काठमाडौँमा आज दिउँसोदेखि सुरु भएको बैठकमा विप्लवले बैठकको अध्यक्षता गर्दै नेपाली जनता अग्रगमनको पक्षमा रहेको बताएका छन् । नेपालमा पश्चगमनका पक्षमा केही राजावादीहरु सल्बलाएको भन्दै यसबारे विशेष निर्णय लिन पार्टी पोलिट ब्युरोको आकस्मिक बैठक बसेको बताए ।

बैठकमा राजावादीहरुको आन्दोलनबारे छलफल गर्ने, निर्वाचन आयोगमा पार्टी दर्ताको विषयमा छलफल गर्ने, ध्रुवीकरणबाट आएका नेताहरुको कार्यविभाजन गर्ने, सामनाले संचालन गर्ने सांस्कृतिक अभियानबारे छलफल हुने, देशभर आमसभा, गोष्ठी गर्नका लागि स्थान र मिति तय गरिनुका साथै संघर्षका कार्यक्रमहरुबारे निर्णय गर्ने नेकपा स्थायी समिति सदस्य अनिल सीले बताए । बैठक भोलिसम्म चल्ने छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.