नाबालिकालाई जबर्जस्ती करणी गर्ने एक ब्यक्ति पक्राउ

इलाम। ११ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गर्ने इलाम चुलाचुली –६ तोरीबारी बस्ने ५१ वर्षीय हेमबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।चैत १३ गते अन्दाजी दिउँसो ४ बजे किराना पसलमा सामान किन्न गएको बेला एक्लै मौका पारी उनले नाबालिकालाई जवर्जस्ती करणी गरेको आरोप लागेको हो ।

आज बिहान पीडितका दाजुले घटनाबारे जानकारी गराउनसाथ प्रहरी चौकी पेल्टिमारीबाट प्रहरी टोली खटिएर पीडकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय इलाममा राखी थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.