एमाले उर्लाबारीको उपाध्यक्षमा योगराज लिम्बूको चर्चा

मोरङ। नेकपा एमाले उर्लाबारीको दोस्रो नगर अधिवेशन नजिकिँदै जाँदा एमाले वृत्तमा चर्चा-परिचर्चा तीव्र बनेको छ। यही चैत २६ गते हुने अधिवेशनका लागि नगर कमिटीमा रहेर काम गर्ने इच्छुक युवा नेताहरू तयारीमा जुटेका छन्।

यसैबिच उर्लाबारी-५ निवासी योगराज लिम्बू नगर कमिटीको उपाध्यक्ष पदका लागि बलियो दाबेदारको रूपमा अघि सरेका छन्। पार्टी शुद्धीकरण, युवाको प्रभावकारी भूमिका स्थापित गर्ने र उर्लाबारीको आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्यसहित उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन्।

लिम्बू अहिले एमालेका नेता तथा कार्यकर्ताहरूसँग निरन्तर छलफल र भेटघाटमा सक्रिय छन्।

वि.सं २०६७ सालदेखि एमालेको तत्कालिन भातृ संगठन युथ फोर्स (हालको राष्ट्रिय युवा संघ) हुँदै आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका थिए। संगठनमा सक्रिय भूमिका खेल्दै उनले युथ फोर्सको केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालेका छन्।

हक्की स्वभाव, इमानदारिता र सहयोगी व्यक्तित्वका कारण पार्टीभित्र उनको छुट्टै पहिचान छ। हाल उनी एमाले नगर कमिटीको युवा फाँट इन्चार्जका रूपमा कार्यरत छन्।

लिम्बूको उपाध्यक्ष पदमा उठ्ने चर्चा चुलिएसँगै उर्लाबारीका युवामा नयाँ उत्साह देखिएको छ। उनी युवा नेतृत्वलाई अघि बढाउने अभियानमा सफल हुने बताउदै उपाध्यक्ष पदमा लिम्बूको विकल्प अरु नभएको एमाले नेताहरु बताउछन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

एमाले उर्लाबारीको उपाध्यक्षमा योगराज लिम्बूको चर्चा

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

एमाले उर्लाबारीको उपाध्यक्षमा योगराज लिम्बूको चर्चा

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

एमाले उर्लाबारीको उपाध्यक्षमा योगराज लिम्बूको चर्चा

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

एमाले उर्लाबारीको उपाध्यक्षमा योगराज लिम्बूको चर्चा

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

एमाले उर्लाबारीको उपाध्यक्षमा योगराज लिम्बूको चर्चा

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

एमाले उर्लाबारीको उपाध्यक्षमा योगराज लिम्बूको चर्चा

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.