निगमले पुन:फेरि पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाडौँ। नेपाल आयल निगमले पुन:फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको आज बसेको बैठकले सोमबार मध्यराति १२ बजेदेखि पूर्णरूपमा लागू हुने गरी डिजेल मट्टी तेल र हवाई इन्धनको मूल्यमा केही समायोजन गरी मूल्य घटाएको जानकारी दिएको छ।

निगमले घटाएको मूल्य समायोजन गरेअनुसार डिजल र मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ तथा हवाई इन्धन आन्तरिक तर्फ प्रति लिटर ७ रुपैयाँका दरले घटाएको जानकारी दिएको छ। जस अनुसार नयाँ मूल्यमा अब तेस्रो वर्ग अन्तर्गत काठमाडौँमा डिजेल र मट्टीतेल प्रति लिटर १४९ र हवाई इन्धन आन्तरिक तर्फ १२५ रूपैयाँको दरले मूल्य समायोजन गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.