उर्लाबारीमा १८औं विश्व अटिजम सचेतना दिवसमा अभिभावक सम्मान कार्यक्रम सम्पन्न

मोरङ। र्लाबारी, १८औं विश्व अटिजम सचेतना दिवस २०८१ को अवसरमा उर्लाबारी-५ मा रहेको आकार फाउन्डेसनले अभिभावक सम्मान कार्यक्रम आयोजना गरेको छ। बुधबार सम्पन्न कार्यक्रममा विभिन्न कार्यक्रमहरू प्रस्तुत गरिनुका साथै अटिजम भएका बालबालिकाका अभिभावकहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा पन्चावती अस्पताल उर्लाबारीका निर्देशक बालचन्द्र सुब्बा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा डा. राकेश मेहता, संस्थाका सल्लाहकार हेमचन्द्र भट्टराई तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता आकार फाउन्डेसनकी निर्देशक प्रिशिमा थापाले गएका थिए।

कार्यक्रमको दौरान संस्थाका शिक्षिकाहरूले “आकार” गीतमा आकर्षक नृत्य प्रस्तुत गरे। अभिभावक तर्फबाट गणेश सुवेदीले मन्तव्य राख्दै अटिजम भएका बालबालिकाको हकहितका लागि आकार फाउन्डेसनले पुर्याएको योगदानको उच्च प्रशंसा गरे। प्रमुख अतिथि बालचन्द्र सुब्बाले अटिजम भएका बालबालिकाका अभिभावकहरूका लागि आकार फाउन्डेसन बरदान सावित भएको उल्लेख गरे ।

विक्रम संवत् २०७७ मा स्थापना भएको आकार फाउन्डेसनले उर्लाबारी लगायतका क्षेत्रमा अटिजम भएका बालबालिकालाई विभिन्न सेवा प्रदान गर्दै आएको छ। हालसम्म १ हजार २ सय भन्दा बढी बालबालिकाले यस संस्थाबाट सेवा प्राप्त गरिसकेका छन् भने हाल ७५ जना अटिजम भएका बालबालिकाहरू थेरापी लिइरहेका छन्।

संस्थाकी निर्देशक तथा काठमाडौं विश्वविद्यालयकी प्राध्यापक प्रिशिमा थापाका अनुसार हाल फाउन्डेसनमा २८ जना कर्मचारी कार्यरत रहेका छन्। साथै, संस्थाले दमक र बिर्तामोडमा सेवा विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिइन्।

कार्यक्रमले अटिजम सचेतनाका साथै अभिभावकहरूलाई प्रेरित गर्ने महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

उर्लाबारीमा १८औं विश्व अटिजम सचेतना दिवसमा अभिभावक सम्मान कार्यक्रम सम्पन्न

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

उर्लाबारीमा १८औं विश्व अटिजम सचेतना दिवसमा अभिभावक सम्मान कार्यक्रम सम्पन्न

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

उर्लाबारीमा १८औं विश्व अटिजम सचेतना दिवसमा अभिभावक सम्मान कार्यक्रम सम्पन्न

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

उर्लाबारीमा १८औं विश्व अटिजम सचेतना दिवसमा अभिभावक सम्मान कार्यक्रम सम्पन्न

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

उर्लाबारीमा १८औं विश्व अटिजम सचेतना दिवसमा अभिभावक सम्मान कार्यक्रम सम्पन्न

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

उर्लाबारीमा १८औं विश्व अटिजम सचेतना दिवसमा अभिभावक सम्मान कार्यक्रम सम्पन्न

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.