पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष मगरलाई पितृशोक

हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरलाई पीतृशोक परेको छ । कृष्णका बुबा ५४ वर्षीय सुर्ज थापा मगरको सोमबार दिउँसो १२ बजेर २० मिनेटको समयमा निधन भएको हो ।

अटो चालक बुबाको आइतबार दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। आइतबार दिउँसो २ बजेर ४५ मिनेटको समयमा कान्तिलोकपथमा हेटौँडा बजारबाट मकवानपुरगढी दरबारतर्फ जाने क्रममा मकवानपुरगढी-२ मा माथि पहाडबाट खसेको ढुंगाले लागेर बुबा गम्भीर घाइते भएका थिए।

हेटौँडा अस्पतालमा उपचार सम्भव नभएपछि चितवनस्थित चितवन मेडिकल कलेज हुँदै आइतबार राती नै ११ बजे काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल पुर्‍याइएको थियो । पोष्टमार्टमपछि बुबाको शव हेटौँडा नै ल्याएर अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.