नेपाली कांग्रेसले जनप्रतिनिधि र पाटी प्रतिनिधिबीच अन्तरसंवाद कार्यक्रम गर्ने

हेटौंडा।नेपाली कांग्रेसले प्रतिनिधिसभा क्षेत्र–२ प्रदेशसभा (ख) ले जनप्रतिनिधि र पाटी प्रतिनिधिबीच अन्तरसंवाद कार्यक्रम गर्ने भएको छ । चैत ३० गते मनहरी–८, पिसपार्क (आमाघर) अन्तरसंवाद कार्यक्रम हुन लागेको हो।

पार्टीका बागमती प्रदेश सभापति एवम् नेपाली कांग्रेसका सोही निर्वाचन क्षेत्रका सांसद् इन्द्रबहादुर बानिया“को प्रमुख आतिथ्यतामा जनप्रतिनिधि र पार्टी प्रतिनिधिबीच अन्तरसंवाद हुन लागेको मंगलबार पत्रकार सम्मेलनमार्फत् क्षेत्रका सभापति रञ्जन कालाखेतीले जानकारी दिए।

प्रतिनिधिसभा क्षेत्र–२ प्रदेशसभा (ख) अन्तर्गत् नेपाली कांग्रेसका जिल्ला सभापति, महासमिति सदस्य, जिल्ला पदाधिकारी, संघीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला समन्वय उपप्रमुख, नेपाली कांग्रेसबाट निर्वाचित पालिका अध्यक्ष,उपाध्यक्ष,जिल्ला सदस्य, संघीय पदाधिकारीहरु,पालिका सभापति,क्षेत्रीय कार्यसमितिका सदस्यहरु,पालिका पदाधिकारीहरु,नेपाली कांग्रेसबाट निर्वाचित तथा प्रत्यासी वडा अध्यक्ष एवम् सम्पूर्ण सदस्य,भ्रातृ संघसंस्थाका प्रतिनिधिहरुबीच अन्तरसंवाद हुन लागेको सभापति कालाखेतीले जानकारी दिए। करिब १ सय ५० जनाको उपस्थितिमा कार्यक्रम हुने सभापति कालाखेतीले बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.