राजतन्त्रतिर फर्किने दुष्प्रयास होइन समाजवादतर्फ जाने साहस गर्नुपर्छ

मकवानपुर । नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी पेमा सीले राजतन्त्रतिर फर्किने दुष्प्रयास होइन समाजवादतर्फ जाने साहस गर्नुपर्छ भनेका छन् । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आयोजना गरेको मसाल जुलुस सहितको कोणसभामा बोल्दै उनले यस्तो भनेका हुन् ।

पछिल्लो चरणमा केही प्रतिगमनकारी समूहले देशमा पुन हिन्दु राज्य सहितको राजतन्त्र माग गर्दै गुण्डागर्दी शैलीमा नेपाली नागरिकको हत्या गर्ने, जनताका घर, उद्योग, सवारी साधन जलाउने जस्ता हिंसात्मक कार्यको विरुद्ध नेकपाले हेटौंडामा मसाल जुलुस गरेको हो । हेटौंडा-१ जरुवाटोलबाट सुरु भएको मसाल जुलुस राप्तिरोड हुँदै बुद्धचोकमा पुगि कोणसभामा परिणत बहेको छ । कोणसभामा बोल्दै नेकपा मकवानपुरका सेक्रेटरी पेमा सेले विकासको सिधाान्तले सुरुवाती चरणतिर होइन अगाडि बढी नयाँ स्वरुप निर्धारण गर्नेतिर लक्षित गराउने भएकाले राजतन्त्र होइन अब समाजवाद तर्फ उन्मुख हुनुपर्ने बताएका छन् ।

त्यस्तै राजतन्त्र नेपाली जनताको चासो र आवस्यकताको कुरा नभई केही प्रतिगमनकारी विदेशी शक्तिको चासोको विषय भएको बताए । नेपाली जनतालाई धार्मिक तथा राजनीतिक द्वन्दमा फसाएर नेपाली भूमिलाई रणमैदान बनाउन खोज्ने षड्यन्त्र  भैरहेको हुँदा सम्पूर्ण नेपाली सचेत हुनुपर्ने बताए । साथै उनले राजावादीको नाममा उफ्रिरहेका केही उच्छृङ्खल र हिंसात्मक तत्वका कारण भोलिका दिनमा फेरि पत्रकार, सुरक्षाकर्मी लगायत कुनै पनि नेपाली जनता मारिन सक्ने हुँदा सचेत हुन अनुरोध गरेका छन् ।

हजारौं सहिदका बलिदान र आम नेपाली जनताको संघर्षको बलमा स्थापित गणतन्त्रको रक्षा र विकास गर्दै नेपाली समाजलाई समाजवाद तर्फ डोर्‍याउनु नेकपाको जिम्मेवारी भएकोले यश कार्यमा साथ दिन सबै देशभक्त नेपाली नागरिकमा अपिल गरेका छन् । पुँजीवादी संसदीय व्यवस्थालाई समाप्त गरि नेपाली विशेषताको समाजवाद स्थापना गर्नु अबको नेपाली समाजको लक्ष्य हो । त्यसकारण समाज विज्ञान र रुपान्तरणको नियमलाई आत्मसात गर्दै समाजवाद स्थापनाको लागि हातेमालो गर्न सबैलाई अपिल गरेका छन् ।

यसरी हेटौंडाको बुद्धचोकमा भएको कोणसभा कार्यक्रमको सन्चालन नेकपा मकवानपुरका जिल्ला सचिवालय सदस्य तथा नगर इन्चार्ज विवेक सीले गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.